बागलुङ समाज जापानले आयोजना गरेको पहिलो रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न ।

जापान । बागलुङ समाज जापानले आयोजना गरेको पहिलो रनिङ कप भलिबल प्रतियोगिताको उपाधी गल्कोट स्पोर्ट्स क्लब जापानले हात पारेको छ ।
आयोजक बागलुङ समाज जापान द्वितीय हुँदा घुम्टे युवा परिवारले तृतिय स्थान ओगटेको छ । साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा भएको खेलमा १६ टीमले नाम दर्ता गरेपनी १४ टीमबीच प्रतिस्पर्धा भएको थियाे । प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेले नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेले नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल द्धारा पुरस्कृत गरीएको थियाे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा गल्कोट स्पोर्ट्स क्लबका रेशम बस्नेत , उत्कृष्ट स्पाइकरमा बागलुङ समाजका अभिजीत रायमाझी त्यस्तै उत्कृष्ट डिफेन्डरमा सिजुओका स्पोर्ट्स क्लबका सुनील बस्नेत र उत्कृष्ट लिफ्टरमा घुम्टे युवा परिवारका सुशान्त मल्ललाई सम्मान तथा पुरस्कृत पनी गरेको कार्यक्रम संयोजक बिरोध चालिसेले जानकारी दिनुभयो । आयोजक संस्थाका अध्यक्ष प्रेम कँडेलले सबैको सल्लाह ,सुझाब ,सहमती र सहकार्यमा कहिल्यै आफू नचुक्ने बताउँदै खेल सम्पन्न गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैप्रती आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। खेल सम्पन्न गरिरहँदा भएका कतिपय कमी कम्जोरीलाई जीवनकाे महत्त्वपूर्ण पाठको गतिलो सिकाईको रुपमा लिएकोले आफूले पनी थोरै हारेर धेरै जितेको अनुभव गरेको बताउनुभएको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago