बागलुङ समाज जापानले आयोजना गरेको पहिलो रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न ।

जापान । बागलुङ समाज जापानले आयोजना गरेको पहिलो रनिङ कप भलिबल प्रतियोगिताको उपाधी गल्कोट स्पोर्ट्स क्लब जापानले हात पारेको छ ।
आयोजक बागलुङ समाज जापान द्वितीय हुँदा घुम्टे युवा परिवारले तृतिय स्थान ओगटेको छ । साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा भएको खेलमा १६ टीमले नाम दर्ता गरेपनी १४ टीमबीच प्रतिस्पर्धा भएको थियाे । प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेले नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेले नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल द्धारा पुरस्कृत गरीएको थियाे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा गल्कोट स्पोर्ट्स क्लबका रेशम बस्नेत , उत्कृष्ट स्पाइकरमा बागलुङ समाजका अभिजीत रायमाझी त्यस्तै उत्कृष्ट डिफेन्डरमा सिजुओका स्पोर्ट्स क्लबका सुनील बस्नेत र उत्कृष्ट लिफ्टरमा घुम्टे युवा परिवारका सुशान्त मल्ललाई सम्मान तथा पुरस्कृत पनी गरेको कार्यक्रम संयोजक बिरोध चालिसेले जानकारी दिनुभयो । आयोजक संस्थाका अध्यक्ष प्रेम कँडेलले सबैको सल्लाह ,सुझाब ,सहमती र सहकार्यमा कहिल्यै आफू नचुक्ने बताउँदै खेल सम्पन्न गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैप्रती आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। खेल सम्पन्न गरिरहँदा भएका कतिपय कमी कम्जोरीलाई जीवनकाे महत्त्वपूर्ण पाठको गतिलो सिकाईको रुपमा लिएकोले आफूले पनी थोरै हारेर धेरै जितेको अनुभव गरेको बताउनुभएको छ ।
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago