कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको फागुन १४ गते मस्तिष्कघात  भएरअस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो  जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेरउपचार गरिएको थियो उनको शुक्रबार साँझ साढे आठ बजे निधन भएको हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधनले एक इमान्दार निष्ठावान नेता गुमाएको बताएका छन् जोशीकोनिधनको खबरले मर्माहित बनाएको भन्दै देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् 

मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि जोशीको नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार भइराखेको थियो  

उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनलअस्पतालका वरिष्ठ न्युरो सर्जन डा.. राजीव झाको भनाइ  मष्टिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेकोपाइएको थियो। 

जोशीका बायाँ खुट्टा  हातमा फागुन १३ गते राति समस्या देखिएको थियो त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमापुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुगेदेखि नै अचेतरहेका जोशीको एक महिनाको उपचारपछि निधन भएको हो।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago