कायरो: इजिप्टको दक्षिणी क्षेत्र सोहाग प्रदेशमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । १०८ जना घाइते भएकाछन् ।
केही घाइतेको अवस्था गम्भीर भएको बताइएको छ । मृतकको संख्या अझै बढ्नसक्ने बुझिएको छ ।
राजधानी कायरोबाट अस्वानतर्फ गुडेको र लुक्सोरबाट अलेक्सान्ड्र्यातर्फ जाँदै गरेको दुई रेल आपसमा ठोक्किएर दुर्घटना भएकोअन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । स्थानीय मिडियाका अनुसार घटनास्थल कायरोबाट ४७६ किमी टाढा पर्छ ।
स्वास्थ्य मन्त्रालयले वक्तव्य जारी गर्दै घटनाबारे जानकारी दिएको छ । सरकारले घटनाप्रति दुख व्यक्त गरेको छ । घटनाबारे अनुसन्धानगर्न सरकारले प्राविधिक समिति बनाएको पनि मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
घटनास्थलमा उद्धारका लागि कठिनाइ भएको पनि बताइएको छ । जहाँ उद्धारका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । दुबैरेलमा गरी सयौँ यात्रु सवार थिए ।
घाइतेहरूको अहिले नजिकका विभिन्न अस्पतालमा उपचार गराइएको छ । यस घटनालाई इजिप्टका नागरिकहरुले सामाजिकसञ्जालमार्फत् भयानक दुर्घटनाको रुपमा चित्रित गरेका छन् । यात्रु र स्थानीयहरुले सामाजिक सञ्जालमा दुर्घटनास्थलको फोटो रभिडियो सार्वजनिक गरिरहेका छन् । कतिपयले त यसलाई लिएर आगामी दिनमा रेलको यात्रा गर्न असुरक्षा महसुश हुने प्रतिक्रियादिएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…