इजिप्टमा रेल दुर्घटना: ३२ को मृत्यु, एक सय बढी घाइते

कायरो: इजिप्टको दक्षिणी क्षेत्र सोहाग प्रदेशमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको १०८ जना घाइते भएकाछन्

केही घाइतेको अवस्था गम्भीर भएको बताइएको मृतकको संख्या अझै बढ्नसक्ने बुझिएको

राजधानी कायरोबाट अस्वानतर्फ गुडेको लुक्सोरबाट अलेक्सान्ड्र्यातर्फ जाँदै गरेको दुई रेल आपसमा ठोक्किएर दुर्घटना भएकोअन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् स्थानीय मिडियाका अनुसार घटनास्थल कायरोबाट ४७६ किमी टाढा पर्छ

स्वास्थ्य मन्त्रालयले वक्तव्य जारी गर्दै घटनाबारे जानकारी दिएको सरकारले घटनाप्रति दुख व्यक्त गरेको घटनाबारे अनुसन्धानगर्न सरकारले प्राविधिक समिति बनाएको पनि मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको

घटनास्थलमा उद्धारका लागि कठिनाइ भएको पनि बताइएको जहाँ उद्धारका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो दुबैरेलमा गरी सयौँ यात्रु सवार थिए

घाइतेहरूको अहिले नजिकका विभिन्न अस्पतालमा उपचार गराइएको यस घटनालाई इजिप्टका नागरिकहरुले सामाजिकसञ्जालमार्फत् भयानक दुर्घटनाको रुपमा चित्रित गरेका छन् यात्रु स्थानीयहरुले सामाजिक सञ्जालमा दुर्घटनास्थलको फोटो भिडियो सार्वजनिक गरिरहेका छन् कतिपयले यसलाई लिएर आगामी दिनमा रेलको यात्रा गर्न असुरक्षा महसुश हुने प्रतिक्रियादिएका छन्

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago