जापानमा खुल्ला अनलाइन कविता बाचन प्रतियोगिता आयोजना हुदै।

जापान । एनआरएन जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ। यही अप्रिल ४ तारिक जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना  हुँदैछ।

जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्ण श्रस्टा हरुलाई अन्तिम मिति २८,मार्च २०२१ भित्र nrnkansaipoetry2021@gmail.com यो ईमेल ठेगानामा कविता पठाइ सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ। प्राप्त कबिता हरु मध्य बाट उत्कृष्ट १० मा छनोट भएका कबिहरुलाई अप्रिल ४ तारिक अनलाइन मार्फत कबिता बाचन गराईने , सहभागी कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई एनआरएन कान्साइले जनही क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन सहित प्रमाणपत्रले सम्मान गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरे ले जानकारि गराउनु भयो।

ओशाकामा अन्तराष्ट्रिय स्तरको वृहत साहित्यीक भेटघाट गर्ने योजना रहेको भएता पनि कोरोनाले त्यो सम्भव नदेखिएकोले प्रविधिको उच्चतम सदुपयोग गर्दै अन्तराष्ट्रिय साहित्य समाज त्यसै गरि अन्तराष्ट्रिय साहित्य समाज जापान सँगको सल्लाह सहयोग परार्मश बाट जापान ब्यापी कविता प्रतियोगिता गर्न लागेको एनआरएन जापानको सल्लाहाकार समेत रहनु भएका कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले जानकारि गराउनु भयो।

केही पालना गर्नु पर्ने कुराहरु :-

१:- कबिताको शिर्षक र बिषयबस्तु स्वतन्त्र रहनेछ l

2:-जापानमा स्थायि/ अस्थायी बसोबास गरेका श्रष्टा हरू मात्र सहभागि हुन पाउनेछन ।

३:- कविता यो भन्दा अगाडि कतै प्रकाशित नभएको हुनुपर्नेछ  ।

४:- कबिता मार्च १ देखी २८ सम्म पठाइ सक्नुपर्नेछ ।

५:- राष्ट्रिय स्तरको प्रतियोगितामा बिजयी कबिले भाग लिन पाइने छैन ।

६:- कबिता ईमेल पठाउनु पर्ने ।

७:- कविता पठाउदा आफ्नो फोन नम्बर र ठेगाना पनि पठाउनु पर्ने छ ।

८:- कबिता बढिमा २०० शब्द सम्मको हुनु पर्नेछ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago