जापानमा खुल्ला अनलाइन कविता बाचन प्रतियोगिता आयोजना हुदै।

जापान । एनआरएन जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ। यही अप्रिल ४ तारिक जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना  हुँदैछ।

जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्ण श्रस्टा हरुलाई अन्तिम मिति २८,मार्च २०२१ भित्र nrnkansaipoetry2021@gmail.com यो ईमेल ठेगानामा कविता पठाइ सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ। प्राप्त कबिता हरु मध्य बाट उत्कृष्ट १० मा छनोट भएका कबिहरुलाई अप्रिल ४ तारिक अनलाइन मार्फत कबिता बाचन गराईने , सहभागी कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई एनआरएन कान्साइले जनही क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन सहित प्रमाणपत्रले सम्मान गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरे ले जानकारि गराउनु भयो।

ओशाकामा अन्तराष्ट्रिय स्तरको वृहत साहित्यीक भेटघाट गर्ने योजना रहेको भएता पनि कोरोनाले त्यो सम्भव नदेखिएकोले प्रविधिको उच्चतम सदुपयोग गर्दै अन्तराष्ट्रिय साहित्य समाज त्यसै गरि अन्तराष्ट्रिय साहित्य समाज जापान सँगको सल्लाह सहयोग परार्मश बाट जापान ब्यापी कविता प्रतियोगिता गर्न लागेको एनआरएन जापानको सल्लाहाकार समेत रहनु भएका कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले जानकारि गराउनु भयो।

केही पालना गर्नु पर्ने कुराहरु :-

१:- कबिताको शिर्षक र बिषयबस्तु स्वतन्त्र रहनेछ l

2:-जापानमा स्थायि/ अस्थायी बसोबास गरेका श्रष्टा हरू मात्र सहभागि हुन पाउनेछन ।

३:- कविता यो भन्दा अगाडि कतै प्रकाशित नभएको हुनुपर्नेछ  ।

४:- कबिता मार्च १ देखी २८ सम्म पठाइ सक्नुपर्नेछ ।

५:- राष्ट्रिय स्तरको प्रतियोगितामा बिजयी कबिले भाग लिन पाइने छैन ।

६:- कबिता ईमेल पठाउनु पर्ने ।

७:- कविता पठाउदा आफ्नो फोन नम्बर र ठेगाना पनि पठाउनु पर्ने छ ।

८:- कबिता बढिमा २०० शब्द सम्मको हुनु पर्नेछ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago