बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो ।

थम्मन थापा , बागलुङ फागुन १५ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ ।
gorkhalivoice.com
केन्द्रिय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मीटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । विपन्न घरधुरीलाई केन्द्रिय विद्युत सेवा बाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताउनु भयो । सल्यानमा केन्द्रिय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उहाँले उल्लेख गर्नुभयो । केन्द्रिय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानिय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रिय विद्युतको पहुँचमा जोडिएका छन । केन्द्रिय विद्युतीकरणको विस्तार र सञ्चालन सँगै वडा भित्रका १ सय २५ घरधुरी प्रतक्ष्य लाभान्वित भएका छन । सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखि नै बरेङ गाउँपालिका वडा नं ५ सुखौरमा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रिय विद्युत उपभोग गर्दै आइरहेका छन । यो सँगै सल्यानमा पूर्ण रूपमा केन्द्रिय विद्युतीकरण‌ भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिनुभयो ।
विपन्न परिवारले निशुल्क मीटर बक्स प्राप्त गरेपछि खुसी भएका छन । आर्थिक अभावका कारण आफूहरु विद्युत सेवा बाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । घरमा केन्द्रिय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानिय सञ्जु विश्वकर्माले बताउनु भयो । सल्यानमा केन्द्रिय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रिय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लील बहादुर खत्रीले बताउनु भयो । लामो समयदेखि केन्द्रिय विद्युत बाल्न आफूहरु प्रयासरत रहेकोमा र विद्युत बाल्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ । सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गर्नुभएको छ ।
त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नं ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निशुल्क विद्युत मीटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिनुभयो । कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख, प्राविधिकहरु सँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रम ग्रामीण विद्युतीकरण उपभोक्ता समिति सल्यानका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षता, ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव हरिकृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक राम प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago