तानसेनका डेरी तथा मिठाई पसलको अनुगमन, नमुना परिक्षणका लागी पठाइयो

पाल्पा, ९ कार्तिक
दुग्धजन्य पदार्थबाट बनेका मिठाई, दूध लगाएत सामाग्रीको गुणस्तरमा कमि भएको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । पाल्पाका डेरी तथा मिठाई पसलहरूमा अनुगमन गरिएकाे हो । अनुगमनका क्रममा पसलहरुले लापरवाही गरेकाे भेटिएकाे हाे ।
साेमबार गरिएकाे बजार अनुगमनबाट नाै वटा नमूनाहरु प्रयाेगशाला परीक्षणका लागि भैरहवा पठाइएकाे खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । कार्यालय प्रमुख नरेश श्रेष्ठका अनुसार  तानसेनका मिठाइ तथा दूधकाे नमूना परीक्षणका लागि पठाइएकाे र केही दिनमा रिपाेर्ट प्राप्त हुने छ ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केही दूध पसलहरूमा मिश्रित दूध बिक्रि वितरणमा लापरवाहि गरिएकाे हुन सक्ने आशंका रहेकाे र ल्याव परीक्षण पछि थप अनुगमन गरि कानून विपरितका कार्य भएकाे पाइएमा कारवाही गरिने बताए । उनले अनुगमनका क्रममा केही पसलहरूमा लापरवाही भेटिएकाे भन्दै फेरी लापरवाहि भेटिए कारवाही प्रक्रिया अगाडी बढाइने बताए ।
तानसेनकाे बसपार्कमा रहेकाे डायमण्ड बेकरिजमा धेरै लापरवाही देखिएकाे अनुगमन टाेलीकाे ठहर छ । किचनमा फाेहाेर रहेकाे, एउटै तेल धेरै पटक प्रयाेग गरेकाे, सामाग्रीहरूकाे सरसफाइमा ध्यान नदिएकाे तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएकाे पाइएकाे थियाे । तानसेन नगरपालिकाका प्रतिनिधी भरत आचार्यले अनुगमनका क्रममा धेरै मिठाइ पसलहरू समस्या देखिएकाे बताए ।

तानसेनकाे श्रीनगर डेरीकाे दूध तथा मिठाइ, डायमण्डकाे मिठाइ र गाेरसघरकाे दूध थप परीक्षणका लागि भैरहवा पठाइएकाे हाे । अनुगमन टाेलीले डायमण्ड हाेटलमा लामाे समयदेखी प्रयाेगमा रहेकाे झण्डै १२ लिटर तेल समेत नष्ट गरेकाे थियाे । चाडपर्वकाे समयमा दूध, मिठाइ तथा अन्य पसलहरूमा निरन्तर अनुगमन गरिने घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले बताए । चाडपर्वको समयमा जस्तै बजारको अनुगमन सधैंभरी हुन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago