पाल्पा, ९ कार्तिक
दुग्धजन्य पदार्थबाट बनेका मिठाई, दूध लगाएत सामाग्रीको गुणस्तरमा कमि भएको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । पाल्पाका डेरी तथा मिठाई पसलहरूमा अनुगमन गरिएकाे हो । अनुगमनका क्रममा पसलहरुले लापरवाही गरेकाे भेटिएकाे हाे ।
साेमबार गरिएकाे बजार अनुगमनबाट नाै वटा नमूनाहरु प्रयाेगशाला परीक्षणका लागि भैरहवा पठाइएकाे खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । कार्यालय प्रमुख नरेश श्रेष्ठका अनुसार तानसेनका मिठाइ तथा दूधकाे नमूना परीक्षणका लागि पठाइएकाे र केही दिनमा रिपाेर्ट प्राप्त हुने छ ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केही दूध पसलहरूमा मिश्रित दूध बिक्रि वितरणमा लापरवाहि गरिएकाे हुन सक्ने आशंका रहेकाे र ल्याव परीक्षण पछि थप अनुगमन गरि कानून विपरितका कार्य भएकाे पाइएमा कारवाही गरिने बताए । उनले अनुगमनका क्रममा केही पसलहरूमा लापरवाही भेटिएकाे भन्दै फेरी लापरवाहि भेटिए कारवाही प्रक्रिया अगाडी बढाइने बताए ।
तानसेनकाे बसपार्कमा रहेकाे डायमण्ड बेकरिजमा धेरै लापरवाही देखिएकाे अनुगमन टाेलीकाे ठहर छ । किचनमा फाेहाेर रहेकाे, एउटै तेल धेरै पटक प्रयाेग गरेकाे, सामाग्रीहरूकाे सरसफाइमा ध्यान नदिएकाे तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएकाे पाइएकाे थियाे । तानसेन नगरपालिकाका प्रतिनिधी भरत आचार्यले अनुगमनका क्रममा धेरै मिठाइ पसलहरू समस्या देखिएकाे बताए ।
तानसेनकाे श्रीनगर डेरीकाे दूध तथा मिठाइ, डायमण्डकाे मिठाइ र गाेरसघरकाे दूध थप परीक्षणका लागि भैरहवा पठाइएकाे हाे । अनुगमन टाेलीले डायमण्ड हाेटलमा लामाे समयदेखी प्रयाेगमा रहेकाे झण्डै १२ लिटर तेल समेत नष्ट गरेकाे थियाे । चाडपर्वकाे समयमा दूध, मिठाइ तथा अन्य पसलहरूमा निरन्तर अनुगमन गरिने घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले बताए । चाडपर्वको समयमा जस्तै बजारको अनुगमन सधैंभरी हुन आवस्यक छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…