चितवनमा तीन जनाको मृत्यु

चितवन, १३ वैशाख कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लम्जुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः५० बजे मृत्यु भएको हो । यस्तै, लम्जुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भई भरतपुर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि गए राति पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राति १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago