गाउँपालिकाको निर्णयः विपन्न कोरोना विरामीको उपचार खर्च गाउपालिकाले वेहोर्ने

पाल्पा । दैनिक रुपमा कोरोना संक्रमण वढ्दै गएपछी जिल्लाको बगनासकाली गाउपालिकाले नियन्त्रणका लागी १० निर्णयहरु गरेको छ । गाउकार्यपालिकाको सोमवार वसेको बैठकले महामारीका रुपमा फैलिदै गएको कोरोना नियन्त्रण गर्न महत्वपुर्ण निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।


वस्यालका अनुसार भोलीदेखी सबै शैक्षिक सस्थाहरु बैशाख २० गतेसम्म बन्द गर्ने, भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने, आफु बसेकै घरघरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था बगनासकाली गाउपालिकाले गर्ने, तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने निर्णय भएका छन् । यस्तै होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पुर्याउने व्यवस्था गर्ने, घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने, गाउपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र सास्कृतिक कृयाकलाप बन्द गर्ने, आर्थिक विपन्नहरुलाई कोरोनाकै कारण मृत्यु हुन नदिन अस्पतालमा लागेको खर्च समेत बगनासकाली गाउपालिकाले नै वेहोर्ने निर्णय गरेको छ । यस्तै बगनासकाली गाउपालिकालाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट सहयोगको अपिल समेत गर्ने र कोरोना संक्रमणमा जुधिरहनुभएका गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहित बगनासकालीका नागरिकहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago