गाउँपालिकाको निर्णयः विपन्न कोरोना विरामीको उपचार खर्च गाउपालिकाले वेहोर्ने

पाल्पा । दैनिक रुपमा कोरोना संक्रमण वढ्दै गएपछी जिल्लाको बगनासकाली गाउपालिकाले नियन्त्रणका लागी १० निर्णयहरु गरेको छ । गाउकार्यपालिकाको सोमवार वसेको बैठकले महामारीका रुपमा फैलिदै गएको कोरोना नियन्त्रण गर्न महत्वपुर्ण निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।


वस्यालका अनुसार भोलीदेखी सबै शैक्षिक सस्थाहरु बैशाख २० गतेसम्म बन्द गर्ने, भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने, आफु बसेकै घरघरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था बगनासकाली गाउपालिकाले गर्ने, तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने निर्णय भएका छन् । यस्तै होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पुर्याउने व्यवस्था गर्ने, घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने, गाउपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र सास्कृतिक कृयाकलाप बन्द गर्ने, आर्थिक विपन्नहरुलाई कोरोनाकै कारण मृत्यु हुन नदिन अस्पतालमा लागेको खर्च समेत बगनासकाली गाउपालिकाले नै वेहोर्ने निर्णय गरेको छ । यस्तै बगनासकाली गाउपालिकालाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट सहयोगको अपिल समेत गर्ने र कोरोना संक्रमणमा जुधिरहनुभएका गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहित बगनासकालीका नागरिकहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago