ज्योति लाइफको खुद नाफा ४.८८% ले बढेर १२ करोड ७ लाख ७१ हजार रुपैयाँ

काठमाडौं : केही महिना पहिले मात्रै आइपीओ जारी गरेको ज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यसको खुद नाफा ४.८८% ले बढेर १२ करोड ७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष इन्सुरेन्सले ११ करोड ५१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले कुल १० करोड ११ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।जीवन बिमा कोषको आकार १४८.९५% ले बढेर ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा जीवन बिमा कोषमा १ अर्ब ४० करोड ४५ लाख ८९ हजार रुपैयाँ थियो । साथै, कम्पनीको खुद बिमा शुल्क पनि १००.९६% ले बढेर २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १ अर्ब १० करोड १ लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।चैत मसान्तसम्ममा इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६० करोड ४ लाख ८७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago