ज्योति लाइफको खुद नाफा ४.८८% ले बढेर १२ करोड ७ लाख ७१ हजार रुपैयाँ

काठमाडौं : केही महिना पहिले मात्रै आइपीओ जारी गरेको ज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यसको खुद नाफा ४.८८% ले बढेर १२ करोड ७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष इन्सुरेन्सले ११ करोड ५१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले कुल १० करोड ११ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।जीवन बिमा कोषको आकार १४८.९५% ले बढेर ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा जीवन बिमा कोषमा १ अर्ब ४० करोड ४५ लाख ८९ हजार रुपैयाँ थियो । साथै, कम्पनीको खुद बिमा शुल्क पनि १००.९६% ले बढेर २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १ अर्ब १० करोड १ लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।चैत मसान्तसम्ममा इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६० करोड ४ लाख ८७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा छ ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago