कृषि व्यवसायिकरणबाट आयाअर्जन वृद्धि

पाल्पा, १३ चैत्र । कृषिलाई व्यवसायिकरण, आधुनिकरण र यान्त्रिकरण गर्ने उद्देश्य रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले लुम्बिनी प्रदेशका ६० हजार ४ सय ४३ घरधुरी आयआर्जन बृद्धिमा सहयोग गरेको छ । प्रदेशका १२ जिल्लामा सञ्चालन रहेको परियोजनाबाट धान, मकै, गहुँ, माछा, तरकारी, सुन्तलाजात फलफुल, मौरी, तोरी, ओखर र कफी बालीको व्यवसायिकरणमा जोड दिएको छ । पाल्पामा भएको आर्थिक बर्ष २०७७÷०७८ को प्रगति द्धितिय चौमासिक समिक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदन अनुसार आठ महिनाको अवधिमा २५.६४ प्रतिशत आर्थिक प्रगति भएको देखिन्छ ।

किसानहरुसंग सम्झौता भई निर्माणका कामहरु भइरहेको तर भुक्तानी दिन बाँकी रहेकाले आर्थिक प्रगति केही कम देखिएको परियोजना प्रदेश समन्वय इकाईका प्रमुख वरिष्ठ कृषि अधिकृत राम प्रसाद पाण्डेले बताउनु भयो । परियोजनाको सुपर जोनमा १ हजार हेक्टर भन्दा बढी क्षेत्रफल र जोनमा ५ सय हेक्टर भन्दा बढी क्षेत्रफल हुनुपर्दछ । प्रदेश भित्र १६ हजार ४ सय १९ हेक्टर क्षेत्रफल परियोजनाले ओगटेको छ । ५ वटा सुपर जोन र १४ वटा जोन मार्फत प्रदेशमा रहेका १० वटा कार्यालयहरुले बीजबृद्धि, चक्लाबन्दी, क्षेत्र बिस्तार, कृषि पूर्वाधार निर्माण र प्राविधिक शिक्षालयसंग सहकार्यका लगायतका क्षेत्रमा काम गरेको परियोजना कार्यान्वयन ईकाई पाल्पाका प्रमुख वरिष्ठ कृषि अधिकृत दिपक भट्टराईले बताउनु भयो ।
जिल्ला समन्वय समितिका कार्यावाहक प्रमुख मिरा मरासिनीको प्रमुख अतिथि रहेको समिक्षा गोष्ठीमा प्रदेशका १० वटा परियोजना कार्यान्वयन ईकाइका प्रमुखहरुले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आठ महिनाको अवधिमा ७८.६४ प्रतिशत कपिलबस्तु, ६६.८३ प्रतिशत दाङ ८०.०८ प्रतिशत पाल्पा, ५५ प्रतिशत रुकुम पूर्व ८४.३१ प्रतिशत रुपन्देही, ७५.९४ प्रतिशत अर्घाखाँची, ६६.५१, प्रतिशत बाँके, ८४.६६ प्रतिशत प्यूठान, ७१.२८ प्रतिशत गुल्मी र ९४.४४ प्रतिशत बर्दिया भारित प्रगति भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago