काठमाडौं : ज्योति लाइफ इन्सुरेन्सको आइपीओ आज शुक्रबार (चैत १३ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाअनुसार ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा दिउँसो १२ः३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रमतय भएको छ । ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयरबाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
१८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६.४ गुणाबढी हो । सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताकादरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरै भने आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ५९ लाख ४० हजार कित्ताकालागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्रीगरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…