Categories: राशिफल

आजको राशिफल तथा तपाइको भाग्यफल

आज मिति २०७७ साल चैत्र १३ गते शुक्रबार तदनुसार २०२१ मार्च २६ तारिक, प्रमादी नाम संवत्सर, सुर्य उत्तरायण, वसन्त ऋतु, फाल्गुन शुक्लपक्ष, त्रयोदशी तिथि मघा नक्षत्र, सिंह रासी, आउनुहोस शन्तोषि माताको स्मरण सँगै आजको दिनको शुरुगरौ ।
ज्यो. जयराम सापकोटा

मेष<> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यक्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि, बाहन तथा भौतिक बस्तुवाट आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ ।

बृष<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसरले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ ।घरायसि कुरामा राय बाजिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ ।

कर्कट<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

सिंह:- (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

कन्या :-(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

तुला <> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानि गर्दा लगानि डुब्ने प्रबल सम्भावना रहकोछ ध्यान दिनुहोला

बृश्चिक<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायमा समय अनुकुल छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।

धनु <> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ, न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

मकर<>(भो,जा,जी,ख,खी,खू,खे,खो,गा,गी)
अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

कुम्भ<> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ राजनितिमा सबैको सहयोग तथा समर्थन पाउदा पद प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

मीन<> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेका लागि स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भए पनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ, सम्बन्धमा तिक्तता आउन सक्नेछ।

ओमकारको उपासना :
पूर्णमिद: पूर्णमिदं पूर्णात पूर्णमुदच्यते,
पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago