कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

सउल,कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो दीपामेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार दक्षिण कोरियामा विमोचन भएको

इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रमबीच यहाँ रहेका साहित्यकार पराजित पोमु, सुनिलदिप्तराई शकुन आँशु, उत्तम खजुम, सुरेशसिंह सम्बाहाम्फे, मातृका नेम्वाङलगायतले विमोचन गरेका हुन् विगत चार वर्षदेखि कोरियामाश्रमिकको रुपमा रहेकी खोटाङकी सुष्मा रानाहँमाको कविता कृति आमाको तासफोटोबारे बोल्दै कवि तथा इतर आवाज संस्थाकासंयोजक पराजित पोमुले सुष्माका कविता बलिया आञ्चलिक आफ्नो मुलकको प्रेमले ओतप्रोत भएको जिकीर गरे

त्यस्तै कोरियामै बसेर साहित्य साधनामा रमाइरहेकी कथाकार दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्रह छकालैका बारेमा कवि शकुनआँशुले यो कृति समाकालीन युवाहरूको संयुक्त आवाज भएको बताइन्   ४६ कविता सङ्ग्र्राहित आमाको तासफोटोलाई फिनिक्सबुक्सले प्रकाशन गरेको हो

त्यस्तै छकालै २० कथाकारका एक एक कथा समावेश भएको संयुक्त सङ्ग्र्रह हो यस कृतिलाई कथाकार नवीनले सम्पादन गरेका हुन् कार्यक्रममा उपस्थित कविहरूले आफ्ना कविता गीत गजलवाचन गरेर कोरियामा आफूले भोग्ने कम्पनीको दुःख विर्सने कोशिसगरेका थिए (रासस)

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago