पाल्पा व्यापार संघको साधारण सभा – पाल्पाको ऐतिहासिक पृष्ठभुमि बुझ्न आवस्यक 

पाल्पा, १० पौष । पाल्पा व्यापार संघले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार तानसेनमा संक्षिप्त्त  सभाको आयोजना गरी चौथो साधारणसभा सम्पन्न गरेको हो । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले आम ब्यवसायीले मेरो धर्म र पेशा के हो बुझ्नुपर्ने हुन्छ । जसका लागी आफ्नो पेशालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाले पाल्पाको ऐतिहासिक पृष्ठभुमि सम्झेर सबैले ध्यानदिन आवस्यक रहेको भन्दै सबैको ध्यानाकर्षण गराउनुभयो ।

पाल्पा व्यापार संघले ब्यवसायीलाइ परेको भबितब्य समस्यालाई सामाधान गर्न आर्थिक सहयोग रकम उपलब्ध गराएको थियो । भाबी कार्यक्रम अन्तर्गत संघले स्थानिय सरकार सङ्ग समन्व्य गरेर ब्यवसायीलाई सहुलियत पुर्ण ऋण उपलब्ध गराउने ब्यवस्था मिलाउने, ब्यवसायीलाई कर सम्बन्धी जानकारीमुलक कक्षा सन्चालन गर्ने, स्थानीय ब्यापारीलाई समेटी यो बर्षमा व्यापार मेलाको आयोजना गर्ने, पर्यटक तान्ने आकर्षक प्याकेज बनाउने योजना बनाएको संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । पाल्पा ब्यापार संघमा ८ सय सदस्य र ३७ जना आजिवन सदस्य आवद्ध रहेका छन । यो आर्थिक बर्षमा मात्र १ सय भन्दा धेरै सदस्य बढेको प्रतिबदन प्रस्तुत भएको थियो ।

स्थानीय संघ संस्थाको तर्फबाट होटेल तथा रेस्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष मोहन प्रसाद श्रेस्ठले पाल्पाको पर्यटन, ब्यापारीको समस्या बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । पाल्पा उध्योग बाणिज्य संघका उपाध्यक्ष यादब सिंह कार्कीले बैंकमा ऋण लिएका ब्यवसायीलाई ब्याज छुटको प्रबन्ध गरेको छ, पाल्पालाई पहिलेको जस्तो ब्यापारीक क्षेत्र बनाउन आवस्यक रहेको बताउनुभयो । गलेङ्ग चेम्बर अफ कमर्स, देबदह चेम्बरका प्रतिनिधिले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
साधारणसभामा संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षता, दितिय उपाध्यक्ष बिश्नु कार्कीको स्वागत र संघका सचिब पर्सुराम पौडेलको संचालनमा भएको थियो ।
पाल्पाको तानसेन बिगतको समयमा पश्चिम क्षेत्रको मुख्य ब्यापारिक क्षेत्र थियो । अहिलेको समयमा  घाटाको व्यापार भएको ब्यवसायी बताउछन बजारमा चहलपहल छैन, ब्यवसायबाट ब्यापारीहरु पलायन हुँदैछन । यसलाई रोक्न संरक्षण र अभिभावकीय भुमिकामा रहेका संघ संस्थाले बेलैमा ध्यान दिन आवस्यक रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago