शेयर बजारका लगानीकर्ताअन्योलमा, २६९४ मा नजिककाे सपोर्ट

बिहिबार ३.२२ बिन्दुले घटेर नेप्से ०.१२%  गिरावटकासाथ २७३१.७८ पुगेको हो। कारोबार भएका २३३ कम्पनी मध्ये ६१ कम्पनी उकालो लागेका छ्न्‌, १२१ कम्पनी ओरालो लागेका छ्न्‌ र ५ कम्पनी स्थिर रहेका छन् ।कारोबार भएका तेह्र उप-समुहमध्ये सबै ३ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने १० उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ ।

क्यान्डलस्टिक

आज नेप्सेले स्पिनिङ टप क्यान्डलस्टिक बनाएको छ जसले अनिश्चितताको संकेत गर्दछ ।

क्युमुलेटिभ एडी लाइन हिजो -१३३५ देखी घटेर -१३९५ मा आएको छ । नेप्सेको कुल भोल्युम  ६,२२२,६०८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (८,४६०,३०५.१९) को ७३  प्रतिशत देखिएको छ । नेप्से आज पनि  मिडल ब्याण्ड भन्दा तल र लोवर ब्याण्ड भन्दा माथि क्लोज भएको  देखिन्छ । एमएसिडि लाइनले  सिग्नल लाइनलाइ क्रस  गरेर तलतिर जान खोजेको देखिन्छ जुन  खासै राम्रो संकेत हैन । +१४ डिएमआई लाईन, -१४ डिएमआई लाईन डाइभर्जनमा गएको देखिन्छ । आरएसआइ आज ४८.०८ मा आएको देखिन्छ जसले बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको देखिन्छ । यदि नेप्सेले आगामी दिन  मिडल ब्याण्ड (२७७०) भन्दा माथि क्लोज   गर्छ भने  अपर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ । नेप्सेको नजिकको सपोर्ट २६९४ रहेको  देखिन्छ ।

बोलिन्जर ब्याण्ड

गत दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोअर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः १८८.६९)  जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२७७०.२३) भन्दा मुनि क्लोज भएको छ । नेप्सेले  मिडल ब्याण्ड को सपोर्ट एरियालाइ ब्रेक गरेको देखिन्छ । यदि बजारले मिडल ब्याण्डभन्दा माथि क्लोज गर्छ भने अपर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ ।

एमएसिडी

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले  एमएसिडी लाइन जिरो लाइन भन्दा माथि छ भने सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथि नै छ । हिस्टोग्राम आज  -२.२३ अकं घटेको छ । आज एमएसिडी लाईन गत दिन भन्दा  १.८८ अकं घटेको छ भने  सिग्नल लाईन पनि घटेको देखीएको छ ।  एमएसिडी लाइन र सिग्नल लाईन कन्भर्जनमा गएको देखिएको छ र सेल सिग्नल देखाएको छ । एमएसिडी लाइन जिरो लाइन भन्दा माथि र सिग्नल लाइन पनि  जिरो लाइन भन्दा माथिनै छ ।

नेप्सेको नजिकको सपोर्ट २६९४ रहेको  देखिन्छ ।

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago