शेयर बजारका लगानीकर्ताअन्योलमा, २६९४ मा नजिककाे सपोर्ट

बिहिबार ३.२२ बिन्दुले घटेर नेप्से ०.१२%  गिरावटकासाथ २७३१.७८ पुगेको हो। कारोबार भएका २३३ कम्पनी मध्ये ६१ कम्पनी उकालो लागेका छ्न्‌, १२१ कम्पनी ओरालो लागेका छ्न्‌ र ५ कम्पनी स्थिर रहेका छन् ।कारोबार भएका तेह्र उप-समुहमध्ये सबै ३ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने १० उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ ।

क्यान्डलस्टिक

आज नेप्सेले स्पिनिङ टप क्यान्डलस्टिक बनाएको छ जसले अनिश्चितताको संकेत गर्दछ ।

क्युमुलेटिभ एडी लाइन हिजो -१३३५ देखी घटेर -१३९५ मा आएको छ । नेप्सेको कुल भोल्युम  ६,२२२,६०८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (८,४६०,३०५.१९) को ७३  प्रतिशत देखिएको छ । नेप्से आज पनि  मिडल ब्याण्ड भन्दा तल र लोवर ब्याण्ड भन्दा माथि क्लोज भएको  देखिन्छ । एमएसिडि लाइनले  सिग्नल लाइनलाइ क्रस  गरेर तलतिर जान खोजेको देखिन्छ जुन  खासै राम्रो संकेत हैन । +१४ डिएमआई लाईन, -१४ डिएमआई लाईन डाइभर्जनमा गएको देखिन्छ । आरएसआइ आज ४८.०८ मा आएको देखिन्छ जसले बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको देखिन्छ । यदि नेप्सेले आगामी दिन  मिडल ब्याण्ड (२७७०) भन्दा माथि क्लोज   गर्छ भने  अपर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ । नेप्सेको नजिकको सपोर्ट २६९४ रहेको  देखिन्छ ।

बोलिन्जर ब्याण्ड

गत दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोअर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः १८८.६९)  जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२७७०.२३) भन्दा मुनि क्लोज भएको छ । नेप्सेले  मिडल ब्याण्ड को सपोर्ट एरियालाइ ब्रेक गरेको देखिन्छ । यदि बजारले मिडल ब्याण्डभन्दा माथि क्लोज गर्छ भने अपर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ ।

एमएसिडी

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले  एमएसिडी लाइन जिरो लाइन भन्दा माथि छ भने सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथि नै छ । हिस्टोग्राम आज  -२.२३ अकं घटेको छ । आज एमएसिडी लाईन गत दिन भन्दा  १.८८ अकं घटेको छ भने  सिग्नल लाईन पनि घटेको देखीएको छ ।  एमएसिडी लाइन र सिग्नल लाईन कन्भर्जनमा गएको देखिएको छ र सेल सिग्नल देखाएको छ । एमएसिडी लाइन जिरो लाइन भन्दा माथि र सिग्नल लाइन पनि  जिरो लाइन भन्दा माथिनै छ ।

नेप्सेको नजिकको सपोर्ट २६९४ रहेको  देखिन्छ ।

 

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago