नायक राजेश हमाल नयाँ जीप कम्पासको साथमा जीप लाइफमा प्रवेश

काठमाडाैँ– नायक राजेश हमाल नयाँ जीप कम्पासको साथमा जीप लाइफमा प्रवेश गरेका छन् ।बिहीबार हमाल र उनकी श्रीमती मधु भट्टराईले नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् ।

‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुसी छु कि आज मैले जीप किनें ।

केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ ।

‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’ नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरूको लामो सूची छ ।

र सबैभन्दा महत्त्वपूर्ण कुरा कम्पासमा जीपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँसम्म रहेको कम्पनीले जनाएकाे छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago