प्रदेश महाधिवेशन प्रतिनिधिमा बिमल भट्टको उमेद्वारी ।

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने अधिबेशनमा नेपाली कांग्रेस गोरखा प्रतिनिधि सभा क्षेत्र नं १ (ख) प्रदेश बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा बिमल भट्टले आफ्नो उम्मेदवारी धोषणा गर्नु भएको छ ।

सानै उमेरदेखि राजनीति चासो राख्ने भट्ट बि स २०५४ सालदेखी नै सक्रिय रुपमा राजनीतिमा लाग्नु भएको थियो । बि स ५४ सालको स्थानीय चुनाव धावामा कॉंग्रेसले जित हासिल गरेसगै माओवादी द्वन्द पनि चरम रुपमा अगाडी बढिर हेको थियो ।

तत्कालीन भगवती नि मा बि चौतारा इकाई सदस्य हुदै २०५६ ने बि संघ स्कुल ईकाई सचिव हुदैं २०६१ सालमा महेन्द्र रत्न क्यामपसको ईकाई सदस्य हुदै ने बि संघ महेन्द्र रत्न क्याम्पस ताहाचलको सह सचिवमा आफ्नो महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

बि स २०६२ सालको भाद्र महिनामा महेन्द्र रत्न क्याम्पस ताहाचलमा भएको बिधार्थी आन्दोलनमा अग्रमोर्चामा रहेका पटक पटक बिधार्थी आन्दोलनमा सक्रिय रुपमा सहभागी रहनु भएको थियो । राजनिति यात्रा क्रममा बि स २०६२ / ६३ को जनआन्दोलनमा परिवर्तनका पक्षमा अधि बढने क्रममा नयॉं बजार, बालाजु, गोगबु आन्दोलनमा अग्रमोर्चामा रहेका भट्ट घाईते, प्रहरीको यातनादेखि हिरासतसम्म पुग्नु भयो । नेपाली कांग्रेस धावा काठमाडौ सम्पर्क समिति सचिवको समेत जिम्मेदारी पुरा गरेका भट्ट को ने बि संघ गोरखा काठमाडौं सम्पर्क समितिको सदस्य समेत बसेर काम गरेर अनुभव रहेको छ ।

पछिल्लो समय करिब पॉंच बर्ष जापान बसाईलाई बिट मार्दे नेपाल आउनु भएका भट्ट जनसम्पर्क समिति जापान कान्तो क्षेत्रका सल्लाहकार, सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । भट्टले बिभिन्न समस्यामा परेका असक्त बिरामिको उपचारको लागी समेत अभियान चलाएका भट्ट राजनीति संगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहनु भएको छ ।

पछिल्लो समय नेपाल बसाईसगैं संचारक्षेत्र समेत आबद्ध भएका भट्ट समाज परिवर्तनको लागी सहि सुचना प्रबाह गर्नको लागी ऑंफु राजनीति संगै संचार क्षेत्र पनि आबद्ध भएको बताउनु हुन्छ । पछिल्लो कांग्रेस अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चुनिनु भएका भट्ट ऑंफु जस्ता युवाहरुले पनि कांग्रेसको कुनै पदमा बसेर काम गर्ने मौका पाएमा, समाज परिवर्तनमा निर्णायक प्रतिनिधि हुने बताउनु भएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago