जापानका डा कँडेल प्रवासी नेपाली मञ्च पूर्वि एसियाको अध्यक्षमा चयन ।

कविकिरण न्यौपाने , टोकियो । जापानका डा सरोज कँडेल प्रवासी नेपाली मञ्च पूर्वि एसियाको अध्यक्षमा चयन भएका छन् ।

गत अगस्ट २० मा नेकपा एमालेका महासचिव  ईश्वर पोखेलको प्रमुख अतिथ्यतामा सम्पन्न  नेकपा एमाले पार्टी निकट  प्रवासी नेपाली मञ्च , अन्तराष्ट्रिय कमिटी बैठकबाट(प्रवासी नेपाली मंच) जापानका सचिव समेत रहेका कँडेललाई चयन गरेको छ। बैठकमा एमाले महासचिव पोखरेलले समसामुहिक राजनितिक विषयमा प्रकास पार्दै प्रवासका आर्जन गरेको ज्ञान, सिप र पूँजि लाई आफ्नो मातृभूमिमा संगठित तरिकाले लगानी गर्न आग्रह गरे। प्रवासी नेपाली मञ्च , अन्तराष्ट्रिय कमिटीको उक्त बैठक अध्यक्ष भक्त गुरुङ्गको अध्यक्षता एवं सचिव रमेश पाण्डेले सञ्चालन गरेका थिए। बैठकमा नेकपा ( एमाले) विदेश विभाग प्रमुख डा राजन भट्टराईले केन्द्रिय कमिटिले गरेका निर्णय अनि प्रवासी नेपाली मञ्चको भूमिकाका विषयमा प्रकास पारेका थिए।

समितिको सचिव मकाउ बाट चयन गरिने छ भने सदस्यहरुमा दलहाङ नेम्वाङ ( हङकङ्ग ) , दयाराम कुमाल ( मलेशिया ), अंन्जान कुलुङ राई ( दक्षिण कोरिया) रहेका छन्। पूर्वि एसियामा (नेकपा ,एमाले )पार्टीको सञ्जाल अन्तर्गत (चीन, हङकङ्ग, जापान, दक्षिण कोरिया, मलेसिया, मकाउ ) देशहरु  रहेको बताईएको छ।  

अध्यक्ष कँडेलले अहिलेसम्म सबैमा प्राप्त हौसला र सहयोग प्रति आभार व्यक्त गर्दै,  आगामी दिनमा पनि रचनात्मक सुझाब र सहयोगको अपेक्षा गरेको बताए , आशा छ यहाहरुको सहयोगमा मैले आफ्नो जिम्मेवारी सहजताका निभाउन सवल हुने छु उनले भने। अध्ययनको शिलशिलामा जापान आएका कँडेल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह -अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका  थिए। सन् २oo४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट पिएचडी गरेका हुन्। कसरी नेतृत्वमा पुग्नु भयो भन्ने प्रश्नमा लगनशिल भएर लाग्ने हो भने जुन सुकै क्षेत्रमा पनि सफल हुन सकिने उनको तर्क छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago