जापानका डा कँडेल प्रवासी नेपाली मञ्च पूर्वि एसियाको अध्यक्षमा चयन ।

कविकिरण न्यौपाने , टोकियो । जापानका डा सरोज कँडेल प्रवासी नेपाली मञ्च पूर्वि एसियाको अध्यक्षमा चयन भएका छन् ।

गत अगस्ट २० मा नेकपा एमालेका महासचिव  ईश्वर पोखेलको प्रमुख अतिथ्यतामा सम्पन्न  नेकपा एमाले पार्टी निकट  प्रवासी नेपाली मञ्च , अन्तराष्ट्रिय कमिटी बैठकबाट(प्रवासी नेपाली मंच) जापानका सचिव समेत रहेका कँडेललाई चयन गरेको छ। बैठकमा एमाले महासचिव पोखरेलले समसामुहिक राजनितिक विषयमा प्रकास पार्दै प्रवासका आर्जन गरेको ज्ञान, सिप र पूँजि लाई आफ्नो मातृभूमिमा संगठित तरिकाले लगानी गर्न आग्रह गरे। प्रवासी नेपाली मञ्च , अन्तराष्ट्रिय कमिटीको उक्त बैठक अध्यक्ष भक्त गुरुङ्गको अध्यक्षता एवं सचिव रमेश पाण्डेले सञ्चालन गरेका थिए। बैठकमा नेकपा ( एमाले) विदेश विभाग प्रमुख डा राजन भट्टराईले केन्द्रिय कमिटिले गरेका निर्णय अनि प्रवासी नेपाली मञ्चको भूमिकाका विषयमा प्रकास पारेका थिए।

समितिको सचिव मकाउ बाट चयन गरिने छ भने सदस्यहरुमा दलहाङ नेम्वाङ ( हङकङ्ग ) , दयाराम कुमाल ( मलेशिया ), अंन्जान कुलुङ राई ( दक्षिण कोरिया) रहेका छन्। पूर्वि एसियामा (नेकपा ,एमाले )पार्टीको सञ्जाल अन्तर्गत (चीन, हङकङ्ग, जापान, दक्षिण कोरिया, मलेसिया, मकाउ ) देशहरु  रहेको बताईएको छ।  

अध्यक्ष कँडेलले अहिलेसम्म सबैमा प्राप्त हौसला र सहयोग प्रति आभार व्यक्त गर्दै,  आगामी दिनमा पनि रचनात्मक सुझाब र सहयोगको अपेक्षा गरेको बताए , आशा छ यहाहरुको सहयोगमा मैले आफ्नो जिम्मेवारी सहजताका निभाउन सवल हुने छु उनले भने। अध्ययनको शिलशिलामा जापान आएका कँडेल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह -अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका  थिए। सन् २oo४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट पिएचडी गरेका हुन्। कसरी नेतृत्वमा पुग्नु भयो भन्ने प्रश्नमा लगनशिल भएर लाग्ने हो भने जुन सुकै क्षेत्रमा पनि सफल हुन सकिने उनको तर्क छ।

Bishawas Acharya

Recent Posts

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago