जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गरेका छन ।
पूर्व अध्यक्ष थापाले एनआरएनए जापानको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गरेका हुन । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिन समितिले रिपोर्ट सार्वजनिक गरेको थियो ।
एनआरएनए जापानका पूर्व अध्यक्ष तथा आईसीसी युवा संयोजकको समेत भूमिका निर्वाह गरि सक्नु भएका थापाले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी पदाधिकारी बोक्सी पनी आफै धामी पनी आफै ,आर्थिक अनियमितता प्रकरण सामाजिक संजालमार्फत ब्यांग्य गरेका छन ।
थापाका अनुसार संस्थामा रहेर संस्थाको आर्थिक अनियमितता गर्ने संस्थाको आर्थिक दोहन गर्ने र संस्थाको नामबाट अनैतिक आर्थिक अनियमितता गर्ने जो कसैले उन्मुक्ति पाउनु हुन्न, पदिय जिम्मेवार व्यक्तिहरुबाट सामाजिक तथा कानुनी दण्ड सहित अपचलन भएको सम्पूर्ण रकम असुल उपर गरि उठाउनु एनआरएनए आईसीसीसंग अनुरोध गरेका छन ।
अनियमितता छानबिन समितिबाट आएको प्रतिबेदन प्रस्ट हुदा हुदै पनी एनआरएनए आईसीसीबाट अनियमिततामा संलग्न पदाधिकारीहरुलाई कारबाही मात्र हैन संस्थाले गुमाएको रकम एबम् संस्थाको पदमा बसेर आर्थिक अनियमितता गरेको सम्पूर्ण रकम फिर्ता गर्न पहल गरिएन भने एनआरएनए जापानको पूर्व अध्यक्षको हैसियत तथा एनआरएनए सदस्यको हैसियतले जापानको कानुनी व्यवस्था अनुसार आर्थिक अनियमितताको छानबिन र कानुनी उपचारमा जाने जानकारी समेत गरेका छन ।
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…