एनआरएनए जापानका पूर्व अध्यक्ष थापाले आर्थिक अनियमितता गर्नेलाई उन्मुक्ति नदिन माग ।

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गरेका छन ।

पूर्व अध्यक्ष थापाले एनआरएनए जापानको  आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गरेका हुन । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिन समितिले रिपोर्ट सार्वजनिक गरेको थियो ।

एनआरएनए जापानका पूर्व अध्यक्ष तथा आईसीसी युवा संयोजकको समेत भूमिका निर्वाह गरि सक्नु भएका थापाले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी पदाधिकारी  बोक्सी पनी आफै धामी पनी आफै ,आर्थिक अनियमितता प्रकरण सामाजिक संजालमार्फत ब्यांग्य गरेका छन ।  

थापाका अनुसार संस्थामा रहेर संस्थाको आर्थिक अनियमितता गर्ने संस्थाको आर्थिक दोहन गर्ने र संस्थाको नामबाट अनैतिक आर्थिक अनियमितता गर्ने जो कसैले उन्मुक्ति पाउनु हुन्न, पदिय जिम्मेवार व्यक्तिहरुबाट सामाजिक तथा कानुनी दण्ड सहित अपचलन भएको सम्पूर्ण रकम असुल उपर गरि उठाउनु एनआरएनए आईसीसीसंग अनुरोध गरेका छन ।  

अनियमितता छानबिन समितिबाट आएको प्रतिबेदन प्रस्ट हुदा हुदै पनी एनआरएनए आईसीसीबाट अनियमिततामा संलग्न पदाधिकारीहरुलाई कारबाही मात्र हैन संस्थाले गुमाएको रकम एबम् संस्थाको पदमा बसेर आर्थिक अनियमितता गरेको सम्पूर्ण रकम फिर्ता गर्न पहल गरिएन भने एनआरएनए जापानको पूर्व अध्यक्षको  हैसियत तथा एनआरएनए सदस्यको हैसियतले जापानको कानुनी व्यवस्था अनुसार आर्थिक अनियमितताको छानबिन र कानुनी उपचारमा जाने जानकारी समेत गरेका छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago