पाल्पा ११, जेठ । दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको गुनासो बढेपछि तानसेन बजार अनुगमन गरिएको छ । निषेधाज्ञाको समयमा बजारमा सामाग्रीको मूल्य अत्याधिक वृद्धि गरेको गुनासोका आधारमा बजारमा अनुगमन गरिएको हो । निषेधाज्ञाको समयमा मुल्य वृद्धि भएको हो वा होइन स्थिति बुझ्न अनुगमनमा १७ वटा खाद्य पसलहरू निरीक्षण गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा खाद्यसम्बन्धी ठूला होलसेल पसलहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी थमनबहादुर सारुले जानकारी दिनुभयो ।
अनुगमनमा तानसेन नगरपालिका क्षेत्रका नारायणस्थान, मेहल्धारा, बसपार्क, लहरेपिपल, मखनटोल, भगवतीटोलका दैनिक उपभोग्य सामग्री विक्री गर्ने ठूला होलसेल पसलको मूल्य सूची चेक गरिएको तानसेन नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला प्रहरी कार्यालय, तानसेन नगरपालिका लगायतको सहभागिता थियो । दैनिक खाद्य सामग्री तेल, दूध, तरकारी लगायतमा पसलै पिच्छे मूल्य फरक भएको जिल्ला प्रशासन कार्यालय पाल्पामा गुनासो पुगेको थियो।
निषेधाज्ञाको समयमा पनि बजार अनुगमन हुनु उपभोक्ताको तर्फबाट सकारात्मक रुपमा लिइएकोछ । महामारीको बिचमा मुल्य वृद्धि गराई उपभोक्ता ठगी गर्ने सबैलाई कारबाही हुन आवस्यक छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…