उपभोक्ता ठगिएको गुनासो: महामारीको बिचमा तानसेन बजार अनुगमन

पाल्पा ११, जेठ । दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको गुनासो बढेपछि तानसेन बजार अनुगमन गरिएको छ । निषेधाज्ञाको समयमा बजारमा सामाग्रीको मूल्य अत्याधिक वृद्धि गरेको गुनासोका आधारमा बजारमा अनुगमन गरिएको हो । निषेधाज्ञाको समयमा मुल्य वृद्धि भएको हो वा होइन स्थिति बुझ्न अनुगमनमा १७ वटा खाद्य पसलहरू निरीक्षण गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा खाद्यसम्बन्धी ठूला होलसेल पसलहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी थमनबहादुर सारुले जानकारी दिनुभयो ।

अनुगमनमा तानसेन नगरपालिका क्षेत्रका नारायणस्थान, मेहल्धारा, बसपार्क, लहरेपिपल, मखनटोल, भगवतीटोलका दैनिक उपभोग्य सामग्री विक्री गर्ने ठूला होलसेल पसलको मूल्य सूची चेक गरिएको तानसेन नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला प्रहरी कार्यालय, तानसेन नगरपालिका लगायतको सहभागिता थियो । दैनिक खाद्य सामग्री तेल, दूध, तरकारी लगायतमा पसलै पिच्छे मूल्य फरक भएको जिल्ला प्रशासन कार्यालय पाल्पामा गुनासो पुगेको थियो।

निषेधाज्ञाको समयमा पनि बजार अनुगमन हुनु उपभोक्ताको तर्फबाट सकारात्मक रुपमा लिइएकोछ । महामारीको बिचमा मुल्य वृद्धि गराई उपभोक्ता ठगी गर्ने सबैलाई कारबाही हुन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago