अब कुन बुहारीलाई मन्त्री बनाउने प्रधानमन्त्रीज्यू ?

२०७३ फागुन २९ गते भैरहवामा संविधान रक्षार्थ भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेचीमहाकाली अभियानअन्तर्गतविशाल आमसभा सम्पन्न गर्यो

फागुन २१ गते झापाबाट शुरु भएको उक्त कार्यक्रम २९ गते भैरहवा आइपुग्दा भैरहवाको अञ्चलपुरमा उपस्थित मान्छेको भीड थेगिनसक्नुथियो १५ दिने उक्त अभियान झापाको काँकडभिट्टाबाट शुरु भई कञ्चनपुर हुँदै चैत गते सुर्खेत पुगेर समापन भएको हो

सोही कारण सप्तरीमा एमालेको मेचीमहाकाली अभियानका क्रममा ठूलो झडप भयो उक्त झडपमा परी जनाको निधनसमेत भयो

भैरहवामा सम्पन्न आमसभामा तत्कालीन नेकपा एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण यतिबेलासामाजिक सञ्जालमा भाइरल भएको उक्त भाषण सुन्ने लुम्बिनी अञ्चलका एमाले शुभेच्छुक मात्रै होइन,मञ्चमा आसीन नेताहरूयतिबेला बडो अप्ठ्यारोमा परेका छन् ओलीको त्यो भाषण हिजो जारी नागरिकतासम्बन्धी अध्यादेशले लुम्बिनीका एमालेनेताहरूलाई नाजवाफ बनाएको

एमालेले मेचीमहाकाली अभियान चलाइरहँदा मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने,नागरिकता जन्मसिध्दको आधारमापाउनुपर्नेलगायत मागसहित तराईमा आन्दोलन चर्काइरहेको थियो सोही कारण सप्तरीमा एमालेको मेचीमहाकाली अभियानकाक्रममा ठूलो झडप भयो उक्त झडपमा परी जनाको निधनसमेत भयो

मधेसी मोर्चाको रडाको केमा भने हामीले उताबाट ल्याएका बुहारीले वर्ष किन पर्खिने,बिहे गरेको भोलिपल्टै मन्त्री हुन पाउनुपर्छ

सप्तरीको मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा फागुन २३ गते मधेसीमोर्चा प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो

सप्तरीको मलेठका सञ्जन मेहता,पीताम्बर मण्डल वीरेन्द्र महतो,प्रसवनी टेंगरीका सिनियर अहेव आनन्द साह जमुनी मधेपुराकाइन्द्रदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो मृतकका परिवारलाई तत्कालीन सरकारले १० लाख रकम राहतस्वरूप दियो

त्यतिबेला मधेसी जनताले संविधान संशोधन नागरिकता विधेयक संशोधनको माग गर्दा एमाले पंक्ति यति उग्र रूपमा प्रस्तुत भएकोथियो कि सप्तरीमा अनाहक जनाको ज्यान गयो

अब सिध्दार्थ नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ,हाम्रो एउटा चेलीसँग पारिको केटाको बिहे गराइन्छ,अनि त्योकेटालाई सांसद उठाइन्छ,पारिकै मान्छेहरू आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ,त्यो मन्त्री पनि बन्छ के यहाँ कोही नेपाली योग्यछैनन् ? हामी यो किमार्थ हुन दिँदैनौँ

तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भैरहवाको आमसभामा भनेका थिए,‘नेकपा एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा पासहुन दिने छैन संविधान संशोधनको यो प्रस्तावले पहाड तराईलाई अलग गराउँछ यसले नेपालको भौगोलिक अखण्डतालाई कमजोरबनाउँछ यसैले यो कुनै हालतमा सफल हुन दिँदैनौँ

यसैगरी,ओलीले भैरहवाको आमसभामा सहभागी हजारौं जनतालाई भनेका थिए, ‘नागरिकता नेपालीले पाउनुपर्छ उहिले उहिले रानीकोजन्मदिनमा केटाकेटीलाई चकलेट बाँडिन्थ्यो,नागरिकता चकलेट होइन,बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने !’

ओलीले भाषणमा थप चर्किंदै भनेका थिए, ‘वैवाहिक अंगीकृतलाई भारतमा वर्षयता नागरिकता मिल्दैन,हामी आउनेबित्तिकै दिन्छौं मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ मधेसी मोर्चाको रडाको केमा भने हामीले उताबाट ल्याएका बुहारीले वर्ष किन पर्खिने,बिहे गरेकोभोलिपल्टै मन्त्री हुन पाउनुपर्छ

ओलीले नेपालमा जस्तो नागरिकता सहज ढंगले वितरण अन्य देशमा नभएको बताए उनले भने, ‘संसारमा कोही पनि हुँदैन, आइपुग्नेबित्तिकै नागरिकता दिने,कोही हुँदैन तर, नेपालमा चाहिँ हामीले आइपुग्नेबित्तिकै आउनेलाई नागरिकता दिएका छौँ तरआउनेबित्तिकै सांसद वा मन्त्री बनाउन सक्दैनौँ।

उनले नागरिकता जथाभावी बाँड्दा सिध्दार्थनगर भैरहवाजस्ता सीमावर्ती गाउँ शहरमा भोलि नेता पनि सीमापारिकै मतादाता पनिउतैको हुने भन्दै चिन्तासमेत व्यक्त गरेका थिए

उनले भने, ‘अब सिध्दार्थ नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ,हाम्रो एउटा चेलीसँग पारिको केटाको बिहे गराइन्छ,अनित्यो केटालाई सांसद उठाइन्छ,पारिकै मान्छेहरू आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ,मन्त्री पनि बन्छ के यहाँ कोही नेपाली योग्यछैनन् ? हामी यो किमार्थ हुन दिँदैनौँ

यसरी नागरिकतासम्बन्धमा रिजर्भ रहेका ओली करिब पाँच वर्षपछि मधेसी मोर्चाको मागमा लपक्कै भएका छन् उनले नागरिकताविधेयकसमेत जारी गर्दै जो कोहीले पनि सहजै नागरिकता पाउने विधेयक अध्यादेशमार्फत जारी गरेका छन्

हिजोका ओली आजका ओलीमा फरक यही देखिएको हिजोका राष्ट्रवादी ओली आज प्रधानमन्त्रीको कुर्सी बचाउननागरिकताजस्तो राष्ट्रियतासम्बन्धी विषयमा फितलो भएका छन्

हिजो उनले बोर्डरमा बसेर चकलेट झैं बाँड्न सकिन्न भनेको नागरिकता आज आफैँ सरकार प्रमुख भइरहँदा सीमामा बसेर नागरिकताबाँड्ने निर्णयमा पुगेका छन् अब उनले बाँडेको नागरिकताबाट करिब ५० लाख भारतीयले नेपाली नागरिक हुने अवसर भने पाउनेछन्(जन आस्थाबाट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago