पाल्पा । सर्वदलीय बैठकबाट रामपुर नगरपालिका क्षेत्रमा संचालक हुने सबै प्रकारका यातायातका साधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । रामपुर नगरमा चल्ने अत्यावश्यक तथा खाद्य ढुवानी बाहेक सार्वजनिक तथा निजि सवारीसाधनहरु बैशाख ११ गते राती १२ बजेदेखि जोरबिजोर प्रणालीमा चल्ने नगरपालिकाले जनाएको छ ।

माक्सको प्रयोग अनिवार्य बनाउने । मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने, बैशाख १२  देखि चल्ने विद्यालयको बार्षिक परिक्षा सकेर सबै बिद्यालय बन्द गर्ने, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापडण्द पालना गराउने, कुनैपनि जुलुस सभा समारोह बैठकमा सामुहिक भेला हुन नपाउने, मठमन्दिर मस्जितमा नित्यपुजा मात्र चलाउने, नगर प्रबेशमा हेल्थ डेक्सको व्यबस्था गर्ने, प्रहरीको समन्वयमा नगरपालिका प्रबेश गर्ने सबैको तथ्यांक राख्ने, हरेक स्वास्थ्य सस्थामा कम्तीमा ५ बेडको आइसोलेसन तयार गर्ने, क्वारेन्टाइनमा घरमा बसेका समस्या देखिएकालाई अस्पताल पुर्याउने, जुनसुकै कार्यक्रममा २५ जना भन्दा बढी जम्माहुन नपाउने,
बिदेशबाट आउनेहरु कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सवारीसाधनमा अनिवार्य माक्स, सेनिटाइजर राख्ने लगायतका विभिन्न १८ बुदे निर्णय रामपुर नगरपालिकाले गरेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago