कौसीखेतीमा शहरबासीको आकर्षण, स्थानीय सरकार प्रोत्साहन गर्दै

पाल्पा । आधुनिक र सुबिधासम्पन्न भवनहरुले शहरबजार भरिदै जादा बजार क्षेत्रमा करेसाबारीको अभाब बढ्न थालेको छ । जग्गाको अभाव भएपछी करेसाबारिको बिकल्पमा कौसी खेतीतर्फ बजारबासीको आकर्षक बढ्न थालेको छ ।
कौसीखेती तर्फ आकर्षक बढेपछि तानसेन नगरपालिकाले तालिम र प्रोत्साहन गर्नलागेको छ । तानसेन नगरपालिका वडा नम्बर ४ भित्र रहेका ११ वटा टोलविकास संस्था र एक आमा समूहका महिलाहरुलाई यस सम्बन्धी तालिम दिएर खेती गर्न प्रेरित गरेको छ । भान्छाबाट उत्पन्न फोहोरको ब्यवस्थापन र आफैंले उत्पादन गरेको तरकारी खान पाइने भएपछि यहाँका महिलाहरु कौसी खेतीतर्फ आकर्षित भएका हुन् । सिल्खानटोल टोल विकास संस्थाको समन्वयमा वडा कार्यालय र ग्रामिण आर्थिक विकास संघ (रेडा) को आर्थिक सहयोगमा समुहका महिलाहरुलाई तालिम, विउविजन र कृषि सामग्री उपलब्ध गराइएको छ । तालिममा ५५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कृषक लक्षित विभिन्न तालिम र आवश्यक तरकारी कौसीमै खेती गरी कम जग्गामा बढी उत्पादन गर्ने विकल्पमा तानसेन सरकार रहेको बताउनुभयो । विषादी रहित तरकारीको उत्पादन गरी स्वास्थ बन्न नगरप्रमुख शाहिको आग्रह रहेको छ । तानसेन नगरपालिका वडानम्बर ४ का कार्यवाहक अध्यक्ष गणेश थापाले महिलाहरुको शसक्तिकरणको पाटोमा वडा कार्यालयले विशेष ध्यान दिएको बताउदै कौसी खेती कार्यक्रमका लागी १ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने हुँदा कौसीखेती बिषादीरहित स्वस्थ्यकर र आयआर्जनको गतिलो माध्यम बन्न सक्नेछ । तालिमबाट लिएको ज्ञान् व्यवसायिक रुपमा प्रयोगगर्न सक्नुपर्छ । कौसीखेतिको तस्बिर गुगलबाट लिइएको हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago