Categories: राशिफल

आजको राशिफल तथा कस्तो छ तपाइँको भाग्य

आज मिति २०७७ चैत १२ बिहीवार, तदनुसार २०२१ मार्च २५ तारिख, प्रमादी नाम सम्वत्सर सुर्य उत्तरायण वसन्त ऋतु फाल्गुण शुक्लपक्ष एकादशी तिथि प्रयन्त द्वादशी, अश्लेषा नक्षत्र, कर्कट राशि, आउनुहोस लक्ष्मीनारायणको स्मरण सँगै आजको दिनको शुभारम्भ गरौ ।
ज्यो. जयराम सापकोटा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला,स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,सचेत रहनुहोला,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक- १ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सचेत रहनुहोला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक-६ रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
व्यापारमा अवरोध आउने,समस्याहरू धेरै आउनेछन्,नयाँ ज्ञान सिक्ने मौका छ,पढाइलेखाइमा प्रगति होला,गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, टाढिएका साथीभाइ नजिकिनेछन्,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आजको शुभ अंक- ११ रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,सुखद समाचारले अझ उत्साह बढ्नेछ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला,रचनात्मक काम सुरु गर्ने मौका छ, आजको शुभ अंक- ९ रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,धोका पाइने सम्भावना छ,अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ,प्रेम र मित्रताको बन्धन कसिने समय छ,आजको शुभ अंक – १० रहेको छ ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ,आँटेका काम तत्काल बन्नुका साथै थप काम गर्ने जाँगर बढ्नेछ, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,आजको शुभ अंक – ६ रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
झुटा आरोप पनि लाग्नेछन्,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,दाम,नाम र प्रतिष्ठा कमाउने बेला छ,रमाइलो भ्रमण सम्भावना छ,व्यावसायिक यात्रा सम्भावना छ,आजको शुभ अंक- ८ रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,आजको शुभ अंक – ४ रहेको छ

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक -७ रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आफन्त बीच अविश्वास बढ्ला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,शत्रुबाधा स्वतः हटेर जाला,अधुरा काम सम्पादन गर्न सकिनेछ, शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक- ५ रहेको छ ।
बिण्णु प्राथना :-
यस्य हस्तेगदाचक्रं गरुडो यस्यवाहनं,
शङख करलते यस्य स मे विण्णु प्रसिदतु:

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago