सरकारले नियुक्त गर्‍याे ७१ जिल्लामा युवा समितिको अध्यक्ष (सूचीसहित)

काठमाडौंफागुन १३ युवा तथा खेलकुद मन्त्रालयले ताप्लेजुङसहित ७१ जिल्लामा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष नियुक्त गरेको छ । ताप्लेजुङको अध्यक्षमा दीपेन पोमू नियुक्त भएका हुन् । उनी नेकपाको ओली समूहका जिल्ला सचिवसमेत हुन् ।

फाइल फोटो

सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङसहित ६ जिल्लाका अध्यक्षको पदावधि बाँकी रहेकोले तीबाहेक अरू सबै जिल्लामा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष नियुक्त गरेको सरकारले जनाएको छ । युवा तथा खेलकुदमन्त्री दाबा लामाको अध्यक्षतामा गत ३ फागुनमा बसेको बैठकले जिल्ला अध्यक्षहरू नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालयले बताएको छ । मनोनीत हुने प्रायः प्रधानमन्त्री ओली पक्षीय युवा र विद्यार्थी फाँटमा सक्रिय रहेका छन् ।सरकारले पाँचथरको अध्यक्षमा श्रीप्रसाद माङ्पुग, इलाममा प्रकाश घिमिरे, झापामा मदन बुढाथोकी, संखुवासभामा हरि लिम्बू, तेह्रथुममा जनक रिमाल, भोजपुरमा विकास राई, धनकुटामा कला राईलाई अध्यक्षमा मनोनीत गरेको छ ।

यस्तै, मोरङमा सन्तोष घिमिरे, सुनसरीमा रोशन रेग्मी, सोलुखुम्बुमा भक्त राई, खोटाङमा सन्तोष जोशी, ओखलढुंगामा सुधीर कार्की, उदयपुरमा खगेन्द्र पोखरेल, सिराहामा बैजनाथ साह, धनुषामा रामउद्गार यादव, महोत्तरीमा सत्यनारायण यादव, सर्लाहीमा शर्मिला प्रधान, रौतहटमा रामबाबु चौधरी, बारामा पुरुषोत्तमकुमार साहलगायतलाई मनोनीत गरेको छ ।पर्सामा अमिताभ बच्चन, दोलखामा श्रीराज पोखरेल, रामेछापमा प्रकाशकुमार कार्की, सिन्धुलीमा देवराव वाइवा, रसुवामा सुरेश अधिकारी, धादिङमा सन्तोष राना क्षेत्री, नुवाकोटमा विमलबाबु ढुंगेल, काठमाडौमा भानु पौडेल, ललितपुुरमा प्रदीप चौलागाईं युवा समितिको अध्यक्षमा मनोनीत भएका छन् ।

मन्त्रालयका अनुसार काभ्रेमा प्रकाश रोक्का, सिन्धुपाल्चोकमा तेजबहादुर थापा, मकवानपुरमा शिवहरि दाहाल, चितवनमा अस्मिन घिमिरे, नवलपुरमा हिमालसिंह ठकुरी, गोरखामा राजन गुरुङ, मनाङमा मनलाल गुरुङ, लमजुङमा जुनबहादुर तामाङ, कास्कीमा विवेक देवकोटा, तनहुँमा रीता ढकाल, स्याङ्जामा विश्वनाथ अर्याल मनोनीत भएका छन् । यस्तै, मुस्ताङमा कर्मनाथ नाम्ग्याल गुरुङ, म्याग्दीमा देवीप्रसाद शर्मा, बाग्लुङमा सुनम बोहरा, पर्वतमा थमनारायण पौडेल, गुल्मीमा शालिकराम बस्नेत, पाल्पामा तुलबहादुर अधिकारी, अर्घाखाँचीमा लीलबहादुर विक, नवलपरासीमा धनप्रसाद भट्टराई, रूपन्देहीमा सरोज पोखरेल, कपिलवस्तुमा टुकलाल गैरे, प्युठानमा रामचन्द्र केसी, दाङमा सुरेश वावत नियुक्त भएका छन् ।

यसैगरी बाँकेमा खेमराज शर्मा, रुकुम पूर्वमा सुवास गौतम, रुकुम पश्चिममा भीमराज ओली, रोल्पामा ठाकुरप्रसाद ओली, सल्यानमा जनक विक, डोल्पामा वीरेन्द्र बुढा, कालीकोटमा सन्तोष महरा, हुम्लामा राजकिरण शाही, जाजरकोटमा रामचन्द्र घर्ती, दैलेखमा चन्द्र दाहाल, सुर्खेतमा निरज भट्टराई, डडेल्धुरामा भरत लम्साल, बाजुरामा कृष्णबहादुर थापा अध्यक्षमा मनोनीत भएका छन् ।

अछाममा लीला केसी, डोटीमा हेम केसी, दार्चुलामा खेमराज जोशी, बैतडीमा सुरेश शेरेला र कञ्चनपुरमा हरिश बोगटी नियुक्त भएका छन् । सप्तरीमा सन्तोष चौधरी, भक्तपुरमा उज्ज्वल श्रेष्ठ, बर्दियामा विष्णु जोशी, मुगुमा रुपेशकुमार मल्ल, जुम्लामा दीपेन्द्र हमाल र बझाङमा शैलेन्द्रकुमार रोकायाको पदावधि कायम रहेकाले यथावत् राखिएको छ ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago