सरकारले नियुक्त गर्‍याे ७१ जिल्लामा युवा समितिको अध्यक्ष (सूचीसहित)

काठमाडौंफागुन १३ युवा तथा खेलकुद मन्त्रालयले ताप्लेजुङसहित ७१ जिल्लामा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष नियुक्त गरेको छ । ताप्लेजुङको अध्यक्षमा दीपेन पोमू नियुक्त भएका हुन् । उनी नेकपाको ओली समूहका जिल्ला सचिवसमेत हुन् ।

फाइल फोटो

सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङसहित ६ जिल्लाका अध्यक्षको पदावधि बाँकी रहेकोले तीबाहेक अरू सबै जिल्लामा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष नियुक्त गरेको सरकारले जनाएको छ । युवा तथा खेलकुदमन्त्री दाबा लामाको अध्यक्षतामा गत ३ फागुनमा बसेको बैठकले जिल्ला अध्यक्षहरू नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालयले बताएको छ । मनोनीत हुने प्रायः प्रधानमन्त्री ओली पक्षीय युवा र विद्यार्थी फाँटमा सक्रिय रहेका छन् ।सरकारले पाँचथरको अध्यक्षमा श्रीप्रसाद माङ्पुग, इलाममा प्रकाश घिमिरे, झापामा मदन बुढाथोकी, संखुवासभामा हरि लिम्बू, तेह्रथुममा जनक रिमाल, भोजपुरमा विकास राई, धनकुटामा कला राईलाई अध्यक्षमा मनोनीत गरेको छ ।

यस्तै, मोरङमा सन्तोष घिमिरे, सुनसरीमा रोशन रेग्मी, सोलुखुम्बुमा भक्त राई, खोटाङमा सन्तोष जोशी, ओखलढुंगामा सुधीर कार्की, उदयपुरमा खगेन्द्र पोखरेल, सिराहामा बैजनाथ साह, धनुषामा रामउद्गार यादव, महोत्तरीमा सत्यनारायण यादव, सर्लाहीमा शर्मिला प्रधान, रौतहटमा रामबाबु चौधरी, बारामा पुरुषोत्तमकुमार साहलगायतलाई मनोनीत गरेको छ ।पर्सामा अमिताभ बच्चन, दोलखामा श्रीराज पोखरेल, रामेछापमा प्रकाशकुमार कार्की, सिन्धुलीमा देवराव वाइवा, रसुवामा सुरेश अधिकारी, धादिङमा सन्तोष राना क्षेत्री, नुवाकोटमा विमलबाबु ढुंगेल, काठमाडौमा भानु पौडेल, ललितपुुरमा प्रदीप चौलागाईं युवा समितिको अध्यक्षमा मनोनीत भएका छन् ।

मन्त्रालयका अनुसार काभ्रेमा प्रकाश रोक्का, सिन्धुपाल्चोकमा तेजबहादुर थापा, मकवानपुरमा शिवहरि दाहाल, चितवनमा अस्मिन घिमिरे, नवलपुरमा हिमालसिंह ठकुरी, गोरखामा राजन गुरुङ, मनाङमा मनलाल गुरुङ, लमजुङमा जुनबहादुर तामाङ, कास्कीमा विवेक देवकोटा, तनहुँमा रीता ढकाल, स्याङ्जामा विश्वनाथ अर्याल मनोनीत भएका छन् । यस्तै, मुस्ताङमा कर्मनाथ नाम्ग्याल गुरुङ, म्याग्दीमा देवीप्रसाद शर्मा, बाग्लुङमा सुनम बोहरा, पर्वतमा थमनारायण पौडेल, गुल्मीमा शालिकराम बस्नेत, पाल्पामा तुलबहादुर अधिकारी, अर्घाखाँचीमा लीलबहादुर विक, नवलपरासीमा धनप्रसाद भट्टराई, रूपन्देहीमा सरोज पोखरेल, कपिलवस्तुमा टुकलाल गैरे, प्युठानमा रामचन्द्र केसी, दाङमा सुरेश वावत नियुक्त भएका छन् ।

यसैगरी बाँकेमा खेमराज शर्मा, रुकुम पूर्वमा सुवास गौतम, रुकुम पश्चिममा भीमराज ओली, रोल्पामा ठाकुरप्रसाद ओली, सल्यानमा जनक विक, डोल्पामा वीरेन्द्र बुढा, कालीकोटमा सन्तोष महरा, हुम्लामा राजकिरण शाही, जाजरकोटमा रामचन्द्र घर्ती, दैलेखमा चन्द्र दाहाल, सुर्खेतमा निरज भट्टराई, डडेल्धुरामा भरत लम्साल, बाजुरामा कृष्णबहादुर थापा अध्यक्षमा मनोनीत भएका छन् ।

अछाममा लीला केसी, डोटीमा हेम केसी, दार्चुलामा खेमराज जोशी, बैतडीमा सुरेश शेरेला र कञ्चनपुरमा हरिश बोगटी नियुक्त भएका छन् । सप्तरीमा सन्तोष चौधरी, भक्तपुरमा उज्ज्वल श्रेष्ठ, बर्दियामा विष्णु जोशी, मुगुमा रुपेशकुमार मल्ल, जुम्लामा दीपेन्द्र हमाल र बझाङमा शैलेन्द्रकुमार रोकायाको पदावधि कायम रहेकाले यथावत् राखिएको छ ।

 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago