आइपिओको नतिजा अब तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने

काठमाडौंफागुन १३ अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ।

फाइल फोटो

यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए। ‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रवन्धकलाई निर्देशन दिएका छौं’ सिइओ आचार्यले सेतोपाटीसँग भने। भोलि शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुँदै छ। सो कम्पनीको आइपिओ पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ। सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ।

यसअघिसम्म विभिन्न संचार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए। लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यले बताए। आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ। यसरी डिम्याट खाता नम्बरसहितका विवरण संचारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago