निगमका उडानकर्मीले गरे पदमार्ग सफाइ

काठमाडौँ, हवाइजहाजको आकाश यात्रामा सधैं व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् कोभिड१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइटडिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन्

उड्डयनकर्मीले शनिबार थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने पुरानो चन्द्रागिरि पदमार्ग सफाइ गरेका छन् निगमको अपरेशनविभाग प्रमुख क्याप्टेन दीपुजुहार्चनसहितका उडानकर्मीले पदमार्ग सफाइ गरेको निगमले जनाएको राष्ट्रिय ध्वजाबाहक भएकोनाताले निगमले अरु विभिन्न कार्यमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिइने क्याप्टेन जुहार्चनले बताउनुभयो अहिले निगमको अन्तरराष्ट्रिय गन्तब्यमा उडानको चाप पनि कम फुर्सदिलो समयको सदुपयोग गर्दै निगमका उडानकर्मीले सामाजिकउत्तरदायित्व बहन गरेका हुन्    

उनीहरुले मेडिकल मास्क पञ्जा लगाएर थानकोटको फेदीबाट चन्द्रागिरि डाँडासम्म करीब पाँच घण्टा सफाइ कार्यमा जुटेकाथिए सफाइका क्रममा झण्डै दुई क्विन्टल हाराहारी फोहर पदमार्गबाट उठाइएको सफाइ अभियानका संयोजकसमेत रहेका क्याप्टेनजुहार्चनले जानकारी दिनुभयो प्लास्टिक, चकलेटका खोस्टा, फास्टफुड खानेकुराका प्लास्टिक, पानीका बोतल, मदिराकाबोतललगायत बेवारिसे अवस्थामा फालिएका फोहर व्यवस्थापन गरिएको थियो

डाँडामा बोकेर पुर्याइएको फोहर निगमले चन्द्रागिरि हिल्स प्रालीलाई हस्तान्तरण गरेको थियो उक्त फोहरलाई व्यवस्थापन गर्नकेबलकारबाट पुनःथानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो चन्द्रागिरि हिल्सले पनि सफाइ अभियानलाई सहयोग गरेको थियो

सामाजिक उत्तरदायित्वको जिम्मेवारी बहन गर्ने क्रममा निगमले यही माघ १० गते आफ्नो वाइडबडी ३३० जहाजमार्फतमलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको थियो वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणलेज्यान गुमाएका एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको हो  

मलेशियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो बाँकी शव ल्याउन आवश्यक तयारीभइरहेको निगमले उल्लेख गरेको निगमले दुई थान न्यारोबडी जहाज ३२० दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतकातीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago