गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

पोखरा,

यो दाजुको मिरमिरे आँखा

कस्तो मेरो बिगार्यो दिमाख

नरोऊ मायालु

(गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक)

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक  निधन भएको गायकको उपचारको क्रममा आज बिहान मनिपालअस्पताल पोखरामा निधन भएको हो

पोखरा१६ बाटुलेचौरका गायकयो दाजुको मिरमिरे आँखा’, ‘बेली चमेलीलगायत अजरअमर गीतका सर्जक हुनुहुन्थ्यो विसं २०२१ मा जन्मनुभएका गायक छाती फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचारकक्षमा उपचारत हुनुुहुन्थ्यो गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेतचलाउँदै आउनु भएको थियो उहाँलोक संस्कार संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ  भन्नेमा विश्वास गर्नुहुन्थ्यो   गन्धर्वगायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षणपाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदरकहीँकतैबाट नभएकाले उहाँको स्मृति सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो    एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँरहनुभएको लोकगीतको संरक्षणमा सक्रिय मियाँले  दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदानगरेर गायकलाई हौसला थप्नुभएको थियो उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेकाछन्

सहपाठी, संस्कृतिकर्मी लोकगायिकाका नजरमा धनबहादुर

कृष्ण थापा, सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य )

पोखरा१६ बाटुलेचौरका धनबहादुर गायक स्कूले सहपाठी हौँ सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्मउस्तै जीवन्त रह्यो   तत्कालीन समयमा पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव  देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो उहाँ सारङ्गी मादलका सम्राट् नै हुनुहुन्थ्यो गन्धर्वसमाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो   एकदमै मिलनसार, मुदुभाषी सामाजिक व्यक्तित्वगायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको

मैले तत्कालीन समयमा  मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर  सारङ्गी पाठशालाकासञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ बाटुलेचौरसँगै झलकमान   जनकविकेशरी धर्मराज थापा अनि  पछिल्लो समयधनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो लोकगीत संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिलेलोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गर्नुभएको थियो   उहाँको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको

तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी

धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो लामो समयदेखि उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखिहामी सँगै भयौंँ बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य  तीनै कुरामा पोख्त हुनुहुन्थ्यो उहाँको गायक सरोजगोपालसँग पनिनिकै राम्रो सम्बन्ध थियो पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो पछिल्लो समयझलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उहाँले नयाँ पुस्तालाई सारङ्गी मादल सिकाई संस्कृति हस्तान्तरण गर्नुभयो   योउहाँको निकै महत्पूर्ण योगदान हो उहाँले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था श्रद्धा थियो विन्ध्यवासिनीमन्दिरमा दशैँका समयमा  सारङ्गी मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उहाँले सहयोग गर्नुभयोे पोखराको महत्वपूर्णसाङ्गीतिक सङ्घसंस्थामा उहाँको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ

हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका

बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित गन्धर्व समुदायको बस्ती  पनि यस क्षेत्रको एउटा विशेषता हो सामाजिकमूल्यमान्यता, रहनसहन, संस्कृति संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायककोनिधनले अपूरणीय क्षति पु¥याएको उहाँ अजरअमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो    उहाँ पोखरेलीसङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो   उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्नतल्लीन हुनुभयो उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमाउहाँले पुर्याएको योगदान निकै महत्वपूर्ण

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago