वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ I

कोरोना महामारीबाट थलिएको आर्थिक गतिविधि विस्तारै लयमा फर्किन थालेको छ ।

आयातनिर्यात परिमाणका आधारमा देशकै मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८÷७९ को वैदेशिक व्यापारको आँकडाले यस्तो संकेत गरेको हो ।

वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ । यो परिमाण गतवर्ष २०७७÷७८ को समीक्षा अवधिको तुलनामा उल्लेख्य बढी भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा यो नाकाबाट कुल २ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँबराबरको आयात निर्यात भएको छ ।

यो परिमाण गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँबराबर थियो । गत आव पहिलो २ महीना कोरोना महामहारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा रहेको र त्यसपछि बजार खुले पनि अन्योलले बजारले गति लिन सकेको थिएन । त्यसको प्रभाव वैदेशिक व्यापारको परिमाणमा परेको भन्सारका अधिकारीहरू बताउँछन् ।

२०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ भदौ अन्तिमसम्म जारी थियो । असोजदेखि निषेधाज्ञा हटाइए पनि दैनिकी सामान्य बन्न समय लागेको थियो । बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकूल प्रभाव आन्तरिक उत्पादन र बजारमा पर्दा वैदेशिक व्यापार घटेको हो ।

चालू आवको कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट २ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी मालसामान भित्रिएको छ । यो अवधिमा ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निर्यात भएको छ ।

मूल्यका आधारमा गतवर्षको तुलनामा यो ४ महीनामा आयात ८० प्रतिशतले बढेको छ । निर्यात व्यापार २१८ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

गत आवको पहिलो ४ महीनामा १ खर्ब २५ अर्ब रुपैयाँ मूल्यको आयात हुँदा निर्यात १२ अर्ब ४४ करोड रुपैयाँको भएको थियो । वीरगञ्ज नाकाबाट पेट्रोलिम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थलगायत सामान बढी आयात हुन्छ । निर्याततर्पm प्रशोधित खाने तेल, जूस, पिना, कपडा, घागोलगायतको योगदान बढी छ ।

वीरगञ्ज भन्सार भएर सबैभन्दा बढी भारतीय मालसामान भित्रिएको छ । भारतबाट १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात ३८ अर्ब २ करोड रुपैयाँबराबरको छ ।

नेपालबाट हुने निकासी व्यापारको सबैभन्दा ठूलो बजार भारत हो । वीरगञ्ज भन्सारबाट भएको वैदेशिक व्यापारमा मात्रै भारतसँगको व्यापारघाटा १ खर्ब २० अर्ब रुपैयाँबराबर छ । चीनबाट १३ अर्ब ८९ करोडको मालसामान आउँदा निकासी १ करोड ३० लाख रुपैयाँको भएको भन्सारले बताएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago