फाईल फोटो
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एक भाले गैडा मृत भेटिएको छ ।
निकुञ्जका अनुसार निकुन्जको पश्चिमी सेक्टर मातहतको कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको किनारमा गैंडा मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अन्दाजी दश वर्षको देखिने उक्त गैडा दलदल तथा भासमा परि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । गैडाको खाग खुर सुरक्षित रहेको छ । यस चालु आर्थिक बर्ष ०७८–७९ मा मात्र यो सँगै ७ गैडाको मृत्यु भएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…