काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् ।
उनीहरु सोमबार त्यहीँ बसेका हुन् । करिब ५० वटा कोठा बुक गरिएको स्रोतले जानकारी दियो ।
“त्यो भन्दा बढी पनि हुन सक्छ,” एक नेताले भने, “सांसद र केन्द्रीय समितिका सदस्यहरुबीच यहीँ छलफल हुनेछ ।”
यसअघि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलअनुसार आज स्थायी कमिटीको बैठक बोलाइएको छ । जहाँ यसअघि नेपालसँगै रहेका नेताहरु पनि उपस्थित हुने जनाएका छन् ।
नेपाल समूहमा रहेका स्थायी कमिटीका सदस्यहरु ओलीले बोलाएको बैठकमा सहभागी हुने जनाएका छन् । उनीहरुले ओलीले गरेको कारबाही फिर्ता हुनुपर्ने र नेता नेपालले पार्टी दर्ताका लागि दिएको निवेदन फिर्ता लिनुपर्ने माग राखेका छन् ।
तर कतिपयले बाँकी नेता ओलीसँगै रहने बहानामात्रै भएको बताएका छन् ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…