फाइल फोटो
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सडक आन्दोलन शुरू गरेको छ ।
नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियू लगायत विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यो नसच्चिएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए । विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन विदेशी शक्तिसँग सम्झौता गरिरहेको आरोप लगाए ।
ढुंगानाले विद्यार्थी आन्दोलनले केपी ओलीको सत्ता ढाल्ने दाबी गरे । ओलीको सत्ता नढल्दासम्म विद्यार्थी आन्दोलन जारी रहने उनले बताए ।अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले प्रधानमन्त्री ओलीले नेपाललाई सिक्किमीकरणको दिशामा लगेको आरोप लगाए । उनले सर्वोच्च अदालतले ८–१० दिनमा ओलीलाई बालकोट पठाउने दाबी गरे । तामाङले बेलौतीका पात र बेसार पानी खाएर कोरोना निको हुन्छ भन्ने सरकार प्रमुखको भनाइका कारण धेरैको ज्यान गएकाले त्यसको जिम्मेवारी ओलीले लिनुपर्ने बताए ।
माधव नेपाल पक्षीय अखिलका अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्री ओली संवैधानिक र राजनीतिक रूपमा समाप्त हुने दिशामा गएको दाबी गरे । ओलीको सत्ता लम्बिनु विद्यार्थी आन्दोलनका लागि फाइदा हुने टिप्पणी गरे । पराजुलीले राष्ट्रपति प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाए । अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले विद्यार्थी संगठन आन्दोलन सडकमा उत्रिएपछि विगतका तानाशाह ढलेको दाबी गरे । प्रदर्शनी मार्गको आरआर क्याम्पस अगाडि उभिएर विद्यार्थीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…