राष्ट्रपतिद्वारा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन्।

फाइल फोटो

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पदाधिकारीहरु नियुक्त गरेकी हुन्।

अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन्। यस्तै, लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधब बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्यका रुपमा नियुक्त भएका छन्।

निर्वाचन आयोगमा सगुन शम्शेर जबरा आयुक्तको रुपमा नियुक्त भएका छन्।

यी हुन् विभिन्न आयोगमा राष्ट्रपतिद्वारा नियुक्त पदाधिकारीहरु

क्र.सं. कानूनी व्यवस्था नाम थर नियुक्त गरिएको पद नियुक्त गरिएको निकाय
१. संविधानको धारा २३८ को उपधारा (२) डा. हरि पौडेल, बाग्लुङ आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग
२. डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुर आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग
३. संविधानको धारा २४२को उपधारा (२) श्री माधब प्रसाद रेग्मी, झापा अध्यक्ष लोक सेवा आयोग
४. श्री माधव वेल्बासे, कपिलवस्तु सदस्य लोक सेवा आयोग
५. श्री बीर बहादुर राई, इलाम सदस्य लोक सेवा आयोग
६. श्री दिनेश सिलवाल, ललितपुर सदस्य लोक सेवा आयोग
७. श्री मञ्जु कुमारी, महोत्तरी सदस्य लोक सेवा आयोग
८. संविधानको धारा २४५ को उपधारा (२) श्री सगुन शम्शेर जं. वा. राणा, रूपन्देही निर्वाचन आयुक्त निर्वाचन आयोग
९. संविधानको धारा २५० को उपधारा (२) श्री विपिन राज निरौला, पाँचथर सदस्य राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१०. संविधानको धारा २५२ को उपधारा (२) श्री जया घिमिरे, धनुषा सदस्य राष्ट्रिय महिला आयोग
११. श्री सावीत्रा कुमारी शर्मा, पर्वत सदस्य राष्ट्रिय महिला आयोग
१२. संविधानको धारा २५५ को उपधारा (२) श्री सुन्दर पुर्कुटी, काठमाडौं सदस्य राष्ट्रिय दलित आयोग
१३. संविधानको धारा २५८ को उपधारा (२) डा. राम कृष्ण तिमल्सेना, कास्की अध्यक्ष राष्ट्रिय समावेशी आयोग
१४. श्री पुष्पराज तिमिल्सिना, पर्वत सदस्य राष्ट्रिय समावेशी आयोग
१५. श्री मान प्रसाद खत्री, बझाङ सदस्य राष्ट्रिय समावेशी आयोग
१६. संविधानको धारा २६१ को उपधारा (२) श्री सुर्य बहादुर गुरूङ, खोटाङ सदस्य आदिवासी जनजाति आयोग
१७. संविधानको धारा २६२ को उपधारा (२) श्रीमती आभा कुमारी, सप्तरी सदस्य मधेशी आयोग
१८. संविधानको धारा २६३ को उपधारा (२) डा. उमाशंकर प्रसाद चौधरी, नवलपरासी सदस्य थारू आयोग
१९. श्री शान्ती मोदी, मोरङ सदस्य थारू आयोग
२०. संविधानको धारा २६४ को उपधारा (२) श्री मोहम्मद समशुल हक, सर्लाही सदस्य मुस्लिम आयोग

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago