सर्वाधिक गोलकर्ता रोनाल्डोले कति गोल गरे?

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू छन्।

फाइल फोटो

युरोकप, च्याम्पयन्स लिगमा सर्वाधिक गर्नेदेखि क्लबको कीर्तिमान पनि रोनाल्डोको नाममा छ। यस्तैमा उनले बुधबार राति विश्वकै सर्वाधिक गोलकर्ता अली डेइलीको १०९ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे।

उनले जारी युरोकपमा पाँच गोल गरेसँगै अन्तर्राष्ट्रिय खेलमा १०९ गोल पुर्‍याएर रेकर्ड बराबरी गरेका हुन्।बुधबार रातिको खेलमा उनले पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सविरुद्ध दुई गोल गरेका थिए। त्यसअघि जर्मनीविरुद्ध एक गोल गरेका रोनाल्डोले युरोकपको पहिलो खेलमा हंगेरीको पोस्टमा पनि दुई गोल गरेका थिए।

उनले ती सबै गोल राष्ट्रिय टिमबाट १७८ खेलमा गरेका हुन्। यता डेइलीले १९९३ देखि २००६ बीचका १४९ अन्तर्राष्ट्रिय खेलमा ती गोल गरेका थिए। सर्वाधिक गोल गर्ने क्रममा रोनाल्डोले ४३ देशविरुद्ध गोल गरे। उनले दुई देश लिथुनिया र स्वीडेनविरुद्ध सर्वाधिक ७-७ गोल गरेका छन्। ३६ वर्षे खेलाडीले एन्डोराविरुद्ध ६ गोल गरेका छन्।

यहाँ उनले गरेको गोलको विवरण देखाइएको छ

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago