फाइल फोटो
काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू छन्।
युरोकप, च्याम्पयन्स लिगमा सर्वाधिक गर्नेदेखि क्लबको कीर्तिमान पनि रोनाल्डोको नाममा छ। यस्तैमा उनले बुधबार राति विश्वकै सर्वाधिक गोलकर्ता अली डेइलीको १०९ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे।
उनले जारी युरोकपमा पाँच गोल गरेसँगै अन्तर्राष्ट्रिय खेलमा १०९ गोल पुर्याएर रेकर्ड बराबरी गरेका हुन्।बुधबार रातिको खेलमा उनले पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सविरुद्ध दुई गोल गरेका थिए। त्यसअघि जर्मनीविरुद्ध एक गोल गरेका रोनाल्डोले युरोकपको पहिलो खेलमा हंगेरीको पोस्टमा पनि दुई गोल गरेका थिए।
उनले ती सबै गोल राष्ट्रिय टिमबाट १७८ खेलमा गरेका हुन्। यता डेइलीले १९९३ देखि २००६ बीचका १४९ अन्तर्राष्ट्रिय खेलमा ती गोल गरेका थिए। सर्वाधिक गोल गर्ने क्रममा रोनाल्डोले ४३ देशविरुद्ध गोल गरे। उनले दुई देश लिथुनिया र स्वीडेनविरुद्ध सर्वाधिक ७-७ गोल गरेका छन्। ३६ वर्षे खेलाडीले एन्डोराविरुद्ध ६ गोल गरेका छन्।
यहाँ उनले गरेको गोलको विवरण देखाइएको छ
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…