विकास बाजेट कटाएर खोप खरिद गर्दै स्थानीय सरकार

भविन्द्र गौतम, पाल्पा, १० जेठ । राज्यको पुरै संयन्त्र लाग्दा समेत कोरोना खोप खरिद गर्न नसकेको अवस्थामा पाल्पाका स्थानीय सरकारले धमाधम कोरोना भाइरसको खरिद गर्ने योजना अगाडि बढाएका छन् । जिल्लाका दुई स्थानीय सरकार रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले आर्फै खोप खरिदको प्रकृया सुरु गरेका हुन । रामपुर नगरपालिका स्वास्थ्य मन्त्रालयमै पुगेर खोप अनुमतीका लागि निवेदन दर्ता गराएको छ । यस्तै रम्भा गाउँपालिकाले खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग अनुमतिकाका लागि निवेदन पठाएको जनाएको छ । रामपुर नगरपालिकाले ५० हजार र रम्भा गाउँपालिकाले २० हजार डोज खोप खरिद गर्न अनुमति मागेको हो ।

सरकारले खोप उपलब्ध गराउन समय लाग्ने देखिएपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्रालयमा अनुमति मागेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीका अनुसार चालु आर्थिक वर्षमा सम्झौता नभएका विकास निर्माणको योजनाको बजेटबाट मिलान गर्नेगरी खोप खरिद गर्ने योजना गाउँपालिकाले लिएको छ । ”भारतमा हाम्रो छुट्टै कुटनीति रहेकाले खोप खरिदको अनुमति पाए जसरी पनि खोप ल्याउँछौं स्थानीय सरकार पनि एउटा सरकार नै हो हामीलाई विश्वास गर्नुस” अध्यक्ष भण्डारीले भन्नुभयो । विकास जनताका लागि हो अहिलेको महामारीमा जनताको स्वास्थ्य रक्षा प्रमुख प्राथमिकता भएकोले जीवन रहे विकास अर्को वर्ष गर्ने योजनाका साथ पालिकाले काम गरेको र कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थानीय सरकारले कुनै कसूर बाकी नराख्ने समेत अध्यक्ष भण्डारीले बताउनु भयो । कोरोनाको बढ्दो संक्रमणले जनता त्रासमा रहेको बेला कोभिड विरुद्धको लडाईलाई जित्न आवश्यक पर्ने खोप खरिदको प्रकृया स्थानीय सरकार आफ्नो सरकार भएको महसुस यहांका स्थानीयले गरेका छन् ।

मुलक संघीय संरचनामा गएपछि बनेको संरचनाले स्थानीय सरकार आफ्नो सरकार भएको महसुस भएको छ । खोप खरिदको प्रकृया सकारात्मक पक्ष रहेपनी संक्रमण रोकथामका लागि स्वास्थ्यका मापदण्ड पुरा गर्दै उच्च सतर्कता अपनाउन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago