विकास बाजेट कटाएर खोप खरिद गर्दै स्थानीय सरकार

भविन्द्र गौतम, पाल्पा, १० जेठ । राज्यको पुरै संयन्त्र लाग्दा समेत कोरोना खोप खरिद गर्न नसकेको अवस्थामा पाल्पाका स्थानीय सरकारले धमाधम कोरोना भाइरसको खरिद गर्ने योजना अगाडि बढाएका छन् । जिल्लाका दुई स्थानीय सरकार रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले आर्फै खोप खरिदको प्रकृया सुरु गरेका हुन । रामपुर नगरपालिका स्वास्थ्य मन्त्रालयमै पुगेर खोप अनुमतीका लागि निवेदन दर्ता गराएको छ । यस्तै रम्भा गाउँपालिकाले खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग अनुमतिकाका लागि निवेदन पठाएको जनाएको छ । रामपुर नगरपालिकाले ५० हजार र रम्भा गाउँपालिकाले २० हजार डोज खोप खरिद गर्न अनुमति मागेको हो ।

सरकारले खोप उपलब्ध गराउन समय लाग्ने देखिएपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्रालयमा अनुमति मागेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीका अनुसार चालु आर्थिक वर्षमा सम्झौता नभएका विकास निर्माणको योजनाको बजेटबाट मिलान गर्नेगरी खोप खरिद गर्ने योजना गाउँपालिकाले लिएको छ । ”भारतमा हाम्रो छुट्टै कुटनीति रहेकाले खोप खरिदको अनुमति पाए जसरी पनि खोप ल्याउँछौं स्थानीय सरकार पनि एउटा सरकार नै हो हामीलाई विश्वास गर्नुस” अध्यक्ष भण्डारीले भन्नुभयो । विकास जनताका लागि हो अहिलेको महामारीमा जनताको स्वास्थ्य रक्षा प्रमुख प्राथमिकता भएकोले जीवन रहे विकास अर्को वर्ष गर्ने योजनाका साथ पालिकाले काम गरेको र कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थानीय सरकारले कुनै कसूर बाकी नराख्ने समेत अध्यक्ष भण्डारीले बताउनु भयो । कोरोनाको बढ्दो संक्रमणले जनता त्रासमा रहेको बेला कोभिड विरुद्धको लडाईलाई जित्न आवश्यक पर्ने खोप खरिदको प्रकृया स्थानीय सरकार आफ्नो सरकार भएको महसुस यहांका स्थानीयले गरेका छन् ।

मुलक संघीय संरचनामा गएपछि बनेको संरचनाले स्थानीय सरकार आफ्नो सरकार भएको महसुस भएको छ । खोप खरिदको प्रकृया सकारात्मक पक्ष रहेपनी संक्रमण रोकथामका लागि स्वास्थ्यका मापदण्ड पुरा गर्दै उच्च सतर्कता अपनाउन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago