पत्रकार सुबेदिको समाजिक कार्य: अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई युरोगार्ड सहयोग

पाल्पा । समाजसेवी, व्यवसायी तथा स्वतन्त्र पत्रकार संघका महासचिव जिवलाल सुबेदीले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका छन । उनका स्व. माता छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा युरोगार्ड सहयोग गरेका हुन् ।

आश्रममा बस्ने वृद्धवृद्धाहरुको लागी स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले आमाबुबाको स्मृतिमा युरोगार्ड सहयोग गरेको सुवेदीले बताए । वृद्धवृद्धाहरु आफैमा अस्वस्थ र असशक्त हुने भएकाले उनीहरुको स्वास्थ्यको हेरचाह नै महत्वपूर्ण हुने भन्दै युरोगार्ड सहयोग गरेकोे उनले बताए । युरोगार्डको प्रयोगबाट केही हदसम्म भए पनि आश्रममा बस्ने वृद्धवृद्धाहरुले स्वच्छ पिउने पानी खान पाउने विश्वास सुवेदी परिवारले व्यक्त गरे ।

युरोगार्ड ग्रहण गर्दै केन्द्रका संयोजक देवप्रसाद बज्राचार्यले वृद्धाश्रमप्रति सुवेदी परिवारले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्वाद व्यक्त गरे । वृद्धाश्रमका लागि आवश्यक भवन निर्माण भइसकेको र केही काम मात्र बाँकी रहेकाले छिट्टै नै वृद्धवृद्धाहरुलाई भवनमा राखिने बताए । वृद्धाश्रम विशुद्ध सामाजिक संस्था भएकाले सबैलाई सहयोग गरिदिन उनको आग्रह थियो । उनका अनुसार वृद्धवृद्धाहरुको सेवा नै मानविय धर्म भएकाले सहयोग गर्न चाहने व्यक्ति, संघसंस्थाहरुले तानसेन भुषालडाँडामा रहेको केन्द्रमा आई सहयोग गर्न सक्ने छन ।
सुवेदी तिनाउ गाउँपालिका मस्यामका स्थायी बासिन्दा हुन । उनले पाल्पाको तानसेनमा होटल मोनिका गेस्ट हाउस सञ्चालन गरेका छन । उनको यो कार्यको सामाजिक सन्जालमा प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago