पत्रकार सुबेदिको समाजिक कार्य: अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई युरोगार्ड सहयोग

पाल्पा । समाजसेवी, व्यवसायी तथा स्वतन्त्र पत्रकार संघका महासचिव जिवलाल सुबेदीले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका छन । उनका स्व. माता छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा युरोगार्ड सहयोग गरेका हुन् ।

आश्रममा बस्ने वृद्धवृद्धाहरुको लागी स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले आमाबुबाको स्मृतिमा युरोगार्ड सहयोग गरेको सुवेदीले बताए । वृद्धवृद्धाहरु आफैमा अस्वस्थ र असशक्त हुने भएकाले उनीहरुको स्वास्थ्यको हेरचाह नै महत्वपूर्ण हुने भन्दै युरोगार्ड सहयोग गरेकोे उनले बताए । युरोगार्डको प्रयोगबाट केही हदसम्म भए पनि आश्रममा बस्ने वृद्धवृद्धाहरुले स्वच्छ पिउने पानी खान पाउने विश्वास सुवेदी परिवारले व्यक्त गरे ।

युरोगार्ड ग्रहण गर्दै केन्द्रका संयोजक देवप्रसाद बज्राचार्यले वृद्धाश्रमप्रति सुवेदी परिवारले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्वाद व्यक्त गरे । वृद्धाश्रमका लागि आवश्यक भवन निर्माण भइसकेको र केही काम मात्र बाँकी रहेकाले छिट्टै नै वृद्धवृद्धाहरुलाई भवनमा राखिने बताए । वृद्धाश्रम विशुद्ध सामाजिक संस्था भएकाले सबैलाई सहयोग गरिदिन उनको आग्रह थियो । उनका अनुसार वृद्धवृद्धाहरुको सेवा नै मानविय धर्म भएकाले सहयोग गर्न चाहने व्यक्ति, संघसंस्थाहरुले तानसेन भुषालडाँडामा रहेको केन्द्रमा आई सहयोग गर्न सक्ने छन ।
सुवेदी तिनाउ गाउँपालिका मस्यामका स्थायी बासिन्दा हुन । उनले पाल्पाको तानसेनमा होटल मोनिका गेस्ट हाउस सञ्चालन गरेका छन । उनको यो कार्यको सामाजिक सन्जालमा प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago