काठमाडौँ – पुनर्निर्मित धरहराको शनिबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमका बिच सुन्धारास्थित धरहरा परिषरमा २२ तले धरहराको उद्घाटन गरेका हुन्।
धरहराको टुप्पो गएको आइतबार गजूर राखिएको थियो भने त्यसपछि रङरोगनको काम पनि भएको छ ।
२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले कुल २२ तलाको धरहरा बनाइएको हो।
करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भएको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ। त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीनतले पर्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार हुने छन्। नयाँ धरहरामा दुईवटा लिफ्टको समेत व्यवस्था हुनेछ।
विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० को भूकम्पले ढलेको थियो। त्यसपछि विसं १९९२ मा ९ तला रहने गरि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गरेका थिए।
पुनर्निर्मित धरहरामा जडानका लागि चुना र सुर्कीको सट्टा सिमेन्ट तथा फलामे डन्डी प्रयोग गरिएको छ । धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…