जापान एनआरएनएको सदस्य बन्ने समयसिमा ५ दिन थप अप्रिल ३० तारिख सम्म

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले एनआरएनएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले सदस्य बन्न अपिल गर्दै समय सिमा थप गरिएको हो ।

एनआरएनए जापानको केन्द्रिय कार्यसमितिको मिति २०२१–०४–२३ तारिक शुक्रबार बसेको बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखको रातको १२ बजे सम्म बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले २०२१(२०२३ कार्यकालको लागि सदस्यता आह्वान गत फेब्रुवरी २५ देखि यही अप्रिल २५ सम्म २ महिनाको समयावधी तोकिएको थियो, सदस्यता आह्वान पश्चात बिभिन्न कार्यक्रम, मिडिया मार्फत जापानवासी नेपाली दाजुभाई दिदीबहिनिहरुलाई एनआरएनएको सदस्यता लिई यस अभियानमा जोडिन अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको मिटिङ्गबाट क्षेत्र देखि केन्द्रसम्मको आगामी नयाँ कार्यसमिति चयनको लागि महाधिबेशन मिति पनि सार्वजनिक गरेको छ । क्षेत्रिय कार्यसमितिको महाधिबेशन यहि आउदो मे १५ देखि जुन १५ सम्म सम्पन्न गरिसक्नु पर्ने छ भने केन्द्रको महाधिबेशन भने जुलाई २५ मा गर्ने निर्धारण गरिएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago