बाग्लुङ्ग समाज जापानले प्रथम रनिङ कप भलिबल प्रतीयोगीताको तयारी अन्तिम चरणमा , भोली पत्रकार सम्मेलन गर्ने ।

जापान , मार्च २४ । बाग्लुङ्ग समाज जापानले आयोजना गरेको प्रथम रनिङ कप भलिबल प्रतियोगिता मार्च २६ तारिख शुक्रबार साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा गर्ने भएको छ साथै मार्च २५ तारिख बिहीवार बेलुका ५ बजे सिनोओकुबो स्थित सोलमारी हलमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

खेलमा सहभागि हुनको लागि ४० हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेलाई नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल साथै ४ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गरिने तयारी रहेको कार्यक्रम संयोजक बिरोध चालीसेले जानकारी दिनुभएको छ । बाग्लुङ समाज जापानले नेपालको राष्ट्रीय खेल भलिबललाई जापानमा यस बर्षबाट रनिङ कपको रुपमा आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन लागि परेको बताउदै यथासक्दो चाडो टिम दर्ता गर्न खेलकुद संयोजक बसन्त थापाले आह्वान गर्नु भएको छ । संस्थाका अध्यक्ष प्रेम कंडेलले छोटो समयमा आयोजना गरिएको कार्यक्रममा जापान बासी नेपालीहरुको सहयोगले कार्यक्रमको अन्तिम तयारी गर्न पाउदा खुशी महसुश भएको जानकारी गराउदै कार्यक्रमका दिन समयमै उपस्थित भैईदिन अनुरोध गर्नु भएको छ ।

टिम दर्ता वा केहि आवश्यक परेमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।

बिरोध चालिसे 08076514657, प्रेम कँडेल 08032428235 ,बसन्त थापा 08044736183, केशव सुबेदी 090 6744 3217 मा सम्पर्क गरि टिम दर्ता गर्न अनुरोध समेत गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago