पाल्पा, १२ फागुन । आफ्ना सदस्यहरुलाई उत्पादनको माध्यमबाट स्वरोजगार बन्न प्रेरित गरेको छ । तानसेन नगरपालिका अन्तरगत १ नम्बर वडामा रहेका भुसलडाँडा र दुर्गाभवानी टोल विकाश सँस्थाले आफ्ना सदस्यहरुलाई उत्पादनमुलक सीप सिकाइ स्वरोजगार बनाउन लागेको हो । आफ्ना महिला सदस्यहरुलाई नागरिक स्वराेजगार केन्द्र बुटवलकाे प्राबिधिक सहयोगमा १ दिने अगरबत्ती बनाउने तालिम दिएको छ ।
भुसलडाँडा टोल बिकास सँस्थाका अध्यक्ष जयराम सापकोटाको अध्यक्षता मा वडा नम्वर १ का वडाध्यक्ष राम प्रसाद वस्यालको प्रमुख आतिथ्यता र टोल समन्वय समितिका सँयोजक मित्रलाल नेपालिको विशेष आतिथ्यतामा तालिम संचालन भएको थियो । सहभागी बक्ताहरुले तालिमबाट लिएको ज्ञान् व्यबहारमा उतारी स्वरोजगार बन्न आग्रह आग्रह गरेका चन । तालिमको सहजीकरण सावित्रा अर्याल र रिता अर्यालले सिकाई सम्वन्धि प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागी मध्येबाट लक्ष्मी अधिकारी गैरेको अध्यक्षतामा ९ जनाको स्वरोजगार समिति गठन भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी अर्याल, सचिवमा श्रृजना न्यौपाने र कोषाध्यक्षमा रत्नु खत्री चयन भएका छन । तालिममा ३९ जना मलिहाहरुको सहभागिता थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…