तानसेनको ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला विच छलफल

पाल्पा । पर्यटकिय नगरी तानसेन बजारको ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला विच छलफल भएको छ । तानसेन नगरपालिकाकाे सभाहलमा वसेकाे बैठकमा बढ्दै गईरहेको ट्राफिक समस्यालाई न्युनीकरण गर्नुपर्नेमा बैठकमा सहभागीहरूले बताएका छन् । साँघुराे सडकमा वढ्दाे ट्राफिक समस्याले तानसेनमा दुर्घटना बढेको, ट्राफिक जाम बढेको र तानसेन बजारको सुन्दरतामा असर गरेको सहभागीले वताएका छन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनमा बढ्दो ट्राफिक समस्या समाधान गर्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नगरपालिकाले मात्र चाहेन ट्राफिक समस्या समाधान नहुने भन्दै नगर प्रहरी, ट्राफिक प्रहरी, जनथप प्रहरी, स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

 

बैठकमा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले तानसेनको ट्राफिक समस्या समाधान गर्न निश्चित मापदण्ड अपनाएर सवारी संचालनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि पहिले सूचना प्रकाशन प्रशारण गर्ने र त्यसपछि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले तानसेनको ट्राफिक समस्या समाधान गर्न प्रहरीको सहयोग रहने बताउनुभयो ।

तानसेनको टुडिखेल हुँदै नारायणस्थान मिसन जाने सडक र बारुदखान क्षेत्रमा अत्याधिक ट्राफिक समस्या हुने गरेको बताउँदै जथाभावी गोदाम लोडअनलोडले समस्या थपिएको छ ।  मालबहाक तथा ठूला सवारीसाधनलाई निश्चित समय तोकेर मात्र बजारभित्र संचालन गर्न दिनुपर्ने, गोदाम, ग्यारेज, हार्डबेयर र ग्रील उद्योग मुख्य बजारभन्दा बाहिर संचालन गर्नुपर्ने, शित्तलपाटीदेखि नारायणस्थान असनटोलमा वान वे सवारी संचालन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

वजारमा रहेकाे अव्यवस्थित पार्किङ्गले सवारी आवागमनमा समस्या हुने गरेकाे छ । समाधानका लागी अव्यवस्थित पार्किङ्ग गर्ने  सवारीसाधनलाइ कारवाही गर्नुपर्ने सहभागीले वताएका थिए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago