चितवनमा साताको तीन दिन पसल खुल्ने, निजी सवारीमा जोर-विजोरको नियम

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लम्ब्याएको छ। निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने हप्ताको तीन बार मात्रै केही पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको छ।

फाइल फोटो

प्रशासनले असार १७ गते राति १२ बजेसम्मको लागि लागू हुने गरी निषेधाज्ञा थपेको हो। असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुन पाउने छन्। यसरी सञ्चालन हुने निजी सवारीसाधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइनेछ।

त्यसैगरी, भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउनेछन्। होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने छन्। खाद्यान्न, फलफूल तथा तरकारी, माछा÷मासु, दूध डेरी, पोल्ट्रीजन्य वस्तु विक्री गर्ने पसल, निर्माण सामग्री, पुस्तक तथा स्टेशनरी, भेटेरीनरी र खाना पकाउने ग्यास विक्री गर्ने पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन्।

दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि सञ्चालन हुन पाउने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेबाट जारी निषेधाज्ञासम्बन्धी आदेशमा उल्लेख छ। बढी भिडभाड हुने सरकारी कार्यालय जिल्ला प्रशासन, मालपोत, नापी र यातायात व्यवस्था कार्यालय बाहेकका कार्यालयहरु पनि खुल्ने लामिछानेले बताए। जनस्वास्थ्य मापदण्ड पालना गराएर न्युनतम कर्मचारी खटाई कार्यालय खोल्न दिइने उनले बताए। बैंक तथा वित्तीय संस्था र सहकारी यसअघि नै खुला गरिसकिएको छ। जिल्लामा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार २०० रहेको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago