देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

काठमाडौं, जेठ ९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

सांकेतिक तस्बिर फाइल फोटो

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

‘जम्मा ३ सय ६० वटा आइसियू, १ सय ८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा लिक्विड अक्सिजन ट्यांक जडान गर्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन  गरिएको छ,’ प्रवक्ता गौतमले भने।

३५ वटा अस्पतालमध्ये सबैभन्दा धेरै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ। यस्तै सबैभन्दा कम गंगालाल अस्पताल, मनमोहन कार्डियो, भरतपुर अस्पताललाई विनियोजन गरिएको छ। यी तीन वटै अस्पताललाई समान ८० लाख रुपैयाँ विनियोजन गरिएको हो।

कुन अस्पताललाई कति?

कोसी अस्पताल ६ करोड ८० लाख

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख

गजेन्द्र नारायण अस्पताल ३ करोड ८० लाख

नारायणी अस्पताल ९ करोड ८० लाख

भरतपुर अस्पताल ९ करोड ८० लाख

प्रसुति गृह ६ करोड ८० लाख

धुलिखेल अस्पताल ६ करोड ८० लाख

वीर अस्पताल ३० करोड ८० लाख

गंगालाल अस्पताल ८० लाख

ट्रमा सेन्टर ९ करोड

मनमोहन कार्डियो ८० लाख

नेपालमा प्रहरी अस्पताल ९ करोड ८० लाख

एपिएफ अस्पताल ९ करोड ८० लाख

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड

विरेन्द्र अस्पताल  ९ करोड

सिभल अस्पताल ६ करोड ८० लाख

कान्ति बाल अस्पताल ६ करोड ८० लाख

पाटन अस्पताल १२ करोड ८० लाख

टिचिङ अस्पताल १२ करोड

भरतपुर अस्पताल ८० लाख

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख

जिपी कोइराला अस्पताल ९ करोड

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड

भेरी अस्पताल १५ करोड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख

डडेलधुरा अस्पताल ६ करोड ८० लाख

मेची अस्पतालमा ९ करोड

प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख

भक्तपुर अस्पतालमा ३ करोड ८० लाख

बागलुङ अस्पताल ३ करोड

भीम अस्पताल ३ करोड ८० लाख

लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८० लाख

सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख

सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख

महाकाली अस्पताल ९ करोड ८० लाख

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago