देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

काठमाडौं, जेठ ९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

सांकेतिक तस्बिर फाइल फोटो

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

‘जम्मा ३ सय ६० वटा आइसियू, १ सय ८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा लिक्विड अक्सिजन ट्यांक जडान गर्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन  गरिएको छ,’ प्रवक्ता गौतमले भने।

३५ वटा अस्पतालमध्ये सबैभन्दा धेरै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ। यस्तै सबैभन्दा कम गंगालाल अस्पताल, मनमोहन कार्डियो, भरतपुर अस्पताललाई विनियोजन गरिएको छ। यी तीन वटै अस्पताललाई समान ८० लाख रुपैयाँ विनियोजन गरिएको हो।

कुन अस्पताललाई कति?

कोसी अस्पताल ६ करोड ८० लाख

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख

गजेन्द्र नारायण अस्पताल ३ करोड ८० लाख

नारायणी अस्पताल ९ करोड ८० लाख

भरतपुर अस्पताल ९ करोड ८० लाख

प्रसुति गृह ६ करोड ८० लाख

धुलिखेल अस्पताल ६ करोड ८० लाख

वीर अस्पताल ३० करोड ८० लाख

गंगालाल अस्पताल ८० लाख

ट्रमा सेन्टर ९ करोड

मनमोहन कार्डियो ८० लाख

नेपालमा प्रहरी अस्पताल ९ करोड ८० लाख

एपिएफ अस्पताल ९ करोड ८० लाख

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड

विरेन्द्र अस्पताल  ९ करोड

सिभल अस्पताल ६ करोड ८० लाख

कान्ति बाल अस्पताल ६ करोड ८० लाख

पाटन अस्पताल १२ करोड ८० लाख

टिचिङ अस्पताल १२ करोड

भरतपुर अस्पताल ८० लाख

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख

जिपी कोइराला अस्पताल ९ करोड

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड

भेरी अस्पताल १५ करोड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख

डडेलधुरा अस्पताल ६ करोड ८० लाख

मेची अस्पतालमा ९ करोड

प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख

भक्तपुर अस्पतालमा ३ करोड ८० लाख

बागलुङ अस्पताल ३ करोड

भीम अस्पताल ३ करोड ८० लाख

लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८० लाख

सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख

सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख

महाकाली अस्पताल ९ करोड ८० लाख

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago