राजनीतिक अस्थिरताले पनि शेयर बजारमा कुनै असर परेन, आज ३२.८१ अंकले बढ्यो नेप्से

काठमाडौँ ,९ जेष्ठ । राजनीतिक परिवर्तन तथा राष्ट्र बैंकका नीतिका कारण शेयर बजारमा प्रभाव पर्ने गरेको भए पनि यस पटक त्यस्तो भएन। आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

सांकेतिक तस्बिर फाइल फोटो

अब नेपाली पुँजी बजारमा कुनै पनि राजनीतिक घटना क्रमले प्रभाव नपर्ने भए पनि एक दुई दिन मात्रै पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।

उनका अनुसार यसअघि पनि संसद् विघटन भएको तर बजारमा खासै असर परेन तर बिचमा केही लगानीकर्ताहरुले कब्जा गरेर बजारमा तलमाथि बनाउने गरेका छन्। अन्यथा कुनै पनि प्रभावले बजार विचलित हुँदैन।

उनले भने, अहिले खासगरि बैंकको ब्याजदर एकदमै कम भएको, केहि दिनमै शेयर लोन पाउन थालेको, बैंकलाई लगानी गर्ने अन्य ठाउँ हाल बन्द रहेको र बेस रेटसमेत घटेकाले शेयर बजारमा चमक आउन थालेको हो। यसले गर्दा घरमै बसेर अनलाइनबाट ९५ प्रतिशत कारोबार हुने भएकाले बजार उकालो लागेको हो।

विगत एक वर्षदेखि देशमा जस्तो सुकै राजनीति परिवर्तन आए पनि शेयर बजारमा त्यसको नकारात्मक असर ठूलो रुपमा देखा परेको छैन। यद्यपि, केपी ओली सरकारले यस अघि पुस ५ गते संसद विघटन गर्दा भने बजारमा ९५ अंक गिरावट आएको थियो । तर, त्यो दिन कारोबार रकममा भने उच्च वृद्धि भएको थियो। पुस ५ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको अध्यक्ष रौनियार बताउँछन्।

राजनीतिक घटनाक्रमलाई पाखा लगाउँदै शेयर बजार अघि बढेको ठूला लगानीकर्ताहरु बताउँछन्। अहिले शेयर बजारमा गाउँ गाउँ, वस्ती वस्ती, विदेशबाट समेत लगानीकर्ताहरु प्रवेश गरेका छन् । उनीहरु जसरी पनि शेयर बजारबाट कमाउने सोचका साथ अघि बढेकाले देशभित्र हुने सामान्य परिवर्तनले खासै असर नगर्ने देखिन्छ।

आज सुरुमा बजार घटाउन तीव्र चलखेल भएको र बजार खुलेको ६ मिनेटमै  नेप्से २७३८.५२ अंकमा झरेको थियो। त्यसपछि लगानीकर्ता सम्हालिएर अघि बढेपछि बजार पुनः आफ्नै गतिमा बढेर ११ः३० मै २७८८.६५ अंकमा चढेको थियो। त्यसपछि फेरि बजार घटाउनेहरु सक्रिय हुँदा २७६३.९४ मा बजार आइपुगेको थियो। त्यसपछि भने बजारले आफ्नो लय समातेको र निरन्तर बजार बढेको देखिन्छ। यसरी आइतबार ३२.८१ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार नेप्से परिसूचक ३२.८१ अंक बढेर २ हजार ८ सय २० विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्चविन्दु हो। यस दिन हालसम्मकै उच्च रकमको पनि शेयर खरिदबिक्री भएको छ। आइतबार २२० कम्पनीको १ लाख २६ हजार १२४ पटकको कारोबारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्किट लेभलमा कारोबार हुनेमा विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु रहेका छन्।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रीड डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन कम्पनी रहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago