राजनीतिक अस्थिरताले पनि शेयर बजारमा कुनै असर परेन, आज ३२.८१ अंकले बढ्यो नेप्से

काठमाडौँ ,९ जेष्ठ । राजनीतिक परिवर्तन तथा राष्ट्र बैंकका नीतिका कारण शेयर बजारमा प्रभाव पर्ने गरेको भए पनि यस पटक त्यस्तो भएन। आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

सांकेतिक तस्बिर फाइल फोटो

अब नेपाली पुँजी बजारमा कुनै पनि राजनीतिक घटना क्रमले प्रभाव नपर्ने भए पनि एक दुई दिन मात्रै पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।

उनका अनुसार यसअघि पनि संसद् विघटन भएको तर बजारमा खासै असर परेन तर बिचमा केही लगानीकर्ताहरुले कब्जा गरेर बजारमा तलमाथि बनाउने गरेका छन्। अन्यथा कुनै पनि प्रभावले बजार विचलित हुँदैन।

उनले भने, अहिले खासगरि बैंकको ब्याजदर एकदमै कम भएको, केहि दिनमै शेयर लोन पाउन थालेको, बैंकलाई लगानी गर्ने अन्य ठाउँ हाल बन्द रहेको र बेस रेटसमेत घटेकाले शेयर बजारमा चमक आउन थालेको हो। यसले गर्दा घरमै बसेर अनलाइनबाट ९५ प्रतिशत कारोबार हुने भएकाले बजार उकालो लागेको हो।

विगत एक वर्षदेखि देशमा जस्तो सुकै राजनीति परिवर्तन आए पनि शेयर बजारमा त्यसको नकारात्मक असर ठूलो रुपमा देखा परेको छैन। यद्यपि, केपी ओली सरकारले यस अघि पुस ५ गते संसद विघटन गर्दा भने बजारमा ९५ अंक गिरावट आएको थियो । तर, त्यो दिन कारोबार रकममा भने उच्च वृद्धि भएको थियो। पुस ५ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको अध्यक्ष रौनियार बताउँछन्।

राजनीतिक घटनाक्रमलाई पाखा लगाउँदै शेयर बजार अघि बढेको ठूला लगानीकर्ताहरु बताउँछन्। अहिले शेयर बजारमा गाउँ गाउँ, वस्ती वस्ती, विदेशबाट समेत लगानीकर्ताहरु प्रवेश गरेका छन् । उनीहरु जसरी पनि शेयर बजारबाट कमाउने सोचका साथ अघि बढेकाले देशभित्र हुने सामान्य परिवर्तनले खासै असर नगर्ने देखिन्छ।

आज सुरुमा बजार घटाउन तीव्र चलखेल भएको र बजार खुलेको ६ मिनेटमै  नेप्से २७३८.५२ अंकमा झरेको थियो। त्यसपछि लगानीकर्ता सम्हालिएर अघि बढेपछि बजार पुनः आफ्नै गतिमा बढेर ११ः३० मै २७८८.६५ अंकमा चढेको थियो। त्यसपछि फेरि बजार घटाउनेहरु सक्रिय हुँदा २७६३.९४ मा बजार आइपुगेको थियो। त्यसपछि भने बजारले आफ्नो लय समातेको र निरन्तर बजार बढेको देखिन्छ। यसरी आइतबार ३२.८१ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार नेप्से परिसूचक ३२.८१ अंक बढेर २ हजार ८ सय २० विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्चविन्दु हो। यस दिन हालसम्मकै उच्च रकमको पनि शेयर खरिदबिक्री भएको छ। आइतबार २२० कम्पनीको १ लाख २६ हजार १२४ पटकको कारोबारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्किट लेभलमा कारोबार हुनेमा विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु रहेका छन्।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रीड डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन कम्पनी रहेका छन्।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago