काठमाडौं, जेठ ९ । गएको २४ घण्टामा नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१८ हजार ९६५ जनाको पीसीआर पीक्षण गर्दा ७ हजार ५९८ र ९३१ जनामा एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, आज १९३ जनाको मृत्यु भएको छ। आज ७ हजार ६४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
हिजो ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना संक्रमण मुक्त भएका थिए। यस्तै, गएकाे बिहीबारदेखि हालसम्म ३० हजार ९४५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएकाे छ।
आज १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्। यो अवधिमा काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना गरी उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन्।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…