मास्क बाड्न सडकमा सिडियो ! तपाइँको मास्क खोई ? अभियान सञ्चालन

पाल्पा । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले आज तानसेनमा तपाईको मास्क खाेई? अभियान संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सयुक्त रुपमा अभियान चालाएका छन । प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेय, प्रहरी प्रमुख तथा सुरक्षा निकायका प्रमुख एबम प्रतिनिधिले बजारमा सर्वसाधारणलाइ माक्स लगाउन प्राेत्साहित गरेका छन । मास्क नलगाई हिडने व्यक्तिहरुलाई मास्क लगाएर हिड्न अनुराेध सहित मास्क वितरण गरिएको छ । टोलिले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक राेग ऐन २०२० बमोजिम जरिवाना गरिने जानकारी दिएको छ ।

तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । बजार परिक्रमा गर्दा ‘काेभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ’ भन्ने प्लेकार्ड बोकेका थिए । तानसेनको हुलाकमोड, लहरेपिपल, बसपार्क, टूँडीखेल लगायत भिड्भाड हुने स्थानमा मास्क नलगाउनेलाइ मास्क दिएर काेराेना विरुद्धकाे सचेतना फैलाएकाे थियाे ।
पाल्पामा दैनिक रुपमा कोरोना संक्रमण बढ्दो छ । यस्तो अवस्थामा सचेत हुन नसकेमा समुदायस्तरमा कोरोना फैलिन सक्ने आकलन गरिएको छ जसका कारण बेलैमा सतर्क रहन जरुरी छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago