फागु संस्कृतिको संरक्षण गर्न महोत्सवको आयोजना

पाल्पा । परम्परागत संस्कृति लोप हुन लागेको अवस्थामा यहाँको समुदाय संस्कृति जोगाउनका लागी मेला आयोजना गरेको छ । फागु संस्कृतिको संरक्षणका लागी महोत्सवको आयोजना गरिएको हो । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको रिब्दीकोट गाउँपालिका स्थित भैरवस्थान क्षेत्रमा सञ्चालनहुने विविध, साँस्कृतिक महोत्सव एक साता चल्ने छ ।

लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महोत्सवको
मंगलबार एक कार्यक्रमका बिचमा उद्घाटन गर्नुभयो । पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति सिकाउन सकेमा मात्र संस्कृतिको संरक्षण हुने, समुदायका मानिसको भाषा, लिपी, सँस्कृति, ऐतिहासिक सम्पदाको संरक्षण गर्ने अधिकार मौलिक हक अन्तर्गर हुने हुँदा नागरिकले पनी हकअधिकारको खोजी गर्दा कर्तव्यको पनी पूर्ण रुपमा पालना गर्नुपर्नेमा यादबको जोड थियो ।

उद्घाटन सभामा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ऐतिहासिक पक्षको संरक्षणका लागी महोत्सवको आयोजना भएको बताउनुभयो ।
महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवं भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले यस क्षेत्रमा मनाइने फागु नाच हामी सबैको साझा नाच भएकाले यसलाई सफल बनाउन सबैको सहयोग आवस्यक पर्ने र उपस्तिथिका लागी आग्रह गर्नुभयो ।

मूल आयाेजक समितिका अनुसार महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पन्चेबाजालगायतका सांस्कृतिक कार्यक्रम हुनेछ । यस्तै सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।
रिब्दिकोट क्षेत्रको सांस्कृतिक पर्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न महोत्सव सफल हुने अपेक्षा गरिएको छ । स्वास्थ्यका मापदण्ड अपनाई सञ्चालन हुने महोत्सव चैत्र १७ गतेसम्म चल्नेछ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago