फागु संस्कृतिको संरक्षण गर्न महोत्सवको आयोजना

पाल्पा । परम्परागत संस्कृति लोप हुन लागेको अवस्थामा यहाँको समुदाय संस्कृति जोगाउनका लागी मेला आयोजना गरेको छ । फागु संस्कृतिको संरक्षणका लागी महोत्सवको आयोजना गरिएको हो । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको रिब्दीकोट गाउँपालिका स्थित भैरवस्थान क्षेत्रमा सञ्चालनहुने विविध, साँस्कृतिक महोत्सव एक साता चल्ने छ ।

लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महोत्सवको
मंगलबार एक कार्यक्रमका बिचमा उद्घाटन गर्नुभयो । पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति सिकाउन सकेमा मात्र संस्कृतिको संरक्षण हुने, समुदायका मानिसको भाषा, लिपी, सँस्कृति, ऐतिहासिक सम्पदाको संरक्षण गर्ने अधिकार मौलिक हक अन्तर्गर हुने हुँदा नागरिकले पनी हकअधिकारको खोजी गर्दा कर्तव्यको पनी पूर्ण रुपमा पालना गर्नुपर्नेमा यादबको जोड थियो ।

उद्घाटन सभामा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ऐतिहासिक पक्षको संरक्षणका लागी महोत्सवको आयोजना भएको बताउनुभयो ।
महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवं भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले यस क्षेत्रमा मनाइने फागु नाच हामी सबैको साझा नाच भएकाले यसलाई सफल बनाउन सबैको सहयोग आवस्यक पर्ने र उपस्तिथिका लागी आग्रह गर्नुभयो ।

मूल आयाेजक समितिका अनुसार महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पन्चेबाजालगायतका सांस्कृतिक कार्यक्रम हुनेछ । यस्तै सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।
रिब्दिकोट क्षेत्रको सांस्कृतिक पर्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न महोत्सव सफल हुने अपेक्षा गरिएको छ । स्वास्थ्यका मापदण्ड अपनाई सञ्चालन हुने महोत्सव चैत्र १७ गतेसम्म चल्नेछ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago