काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेलगायतले नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। ‘फोर के’ टेलिभिजन च्यानल नेपालमा पहिलो चोटि सञ्चालनमा आउन लागेको समूहको दाबी छ।काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरी गोरखा मीडिया नेटवर्कका साथै ‘ग्यालेक्सी फोरके’को घोषणा गरेका हुन्।
जनताको आवाजलाई प्राथमिकता दिदैँ मनोरन्जन कार्यक्रम प्रसारण गर्न नयाँ टेलिभिजन सञ्चालनमा ल्याएको रवि लामिछानेले बताए। भने, ‘नेपालमा जनताका मुद्दा जस्ताका त्यस्तै रहे। सर्वसाधारणका मुद्दालाई हेडलाइन बनाउने उदेश्यले यो टेलिभिजन सञ्चालन ल्याएका हौँ।’
‘ग्यालेक्सी फोरके’टिभी च्यानलमा रामायण, क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपती, सारेगम , लाल मोहर, सिधा कुरा, सम्बन्ध, फर्रइभर,आविष्कारलगायत कार्यक्रम आउने भएका छन्।
‘ग्यालेक्सी फोरके’टिभी च्यानलमा कार्यक्रमहरू विजयकुमार, राजेश हमाल, दीपकराज गिरी, रमेश प्रसाई, नवराज पराजुली, महावीर पुन लगायतले कार्यक्रम सञ्चालन गर्नेछन्।
टेलिभिजनको अध्यक्षमा डीबी राई, उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा लामिछाने रहेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…