नेपालमा पहिलो पटक ‘फोर के’ टिभी, प्रसारण हुँदै रामायण अव नेपाली भाषामा

काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेलगायतले नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। ‘फोर के’ टेलिभिजन च्यानल नेपालमा पहिलो चोटि सञ्चालनमा आउन लागेको समूहको दाबी छ।काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरी गोरखा मीडिया नेटवर्कका साथै ‘ग्यालेक्सी फोरके’को घोषणा गरेका हुन्।

जनताको आवाजलाई प्राथमिकता दिदैँ मनोरन्जन कार्यक्रम प्रसारण गर्न नयाँ टेलिभिजन सञ्चालनमा ल्याएको रवि लामिछानेले बताए। भने, ‘नेपालमा जनताका मुद्दा जस्ताका त्यस्तै रहे। सर्वसाधारणका मुद्दालाई हेडलाइन बनाउने उदेश्यले यो टेलिभिजन सञ्चालन ल्याएका हौँ।’

‘ग्यालेक्सी फोरके’टिभी च्यानलमा रामायण, क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपती, सारेगम , लाल मोहर, सिधा कुरा, सम्बन्ध, फर्रइभर,आविष्कारलगायत कार्यक्रम आउने भएका छन्।

‘ग्यालेक्सी फोरके’टिभी च्यानलमा कार्यक्रमहरू विजयकुमार, राजेश हमाल, दीपकराज गिरी, रमेश प्रसाई,  नवराज पराजुली, महावीर पुन लगायतले कार्यक्रम सञ्चालन गर्नेछन्।

टेलिभिजनको अध्यक्षमा डीबी राई, उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा लामिछाने रहेका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago