राष्ट्रिय बीमा कम्पनीको उपशाखा तानसेनमा उद्घाटन

पाल्पा । राष्ट्रको बीमक – राष्ट्रिय बीमा नारा भएको
राष्ट्रिय बीमा कम्पनीको उपशाखा कार्यालय पाल्पा औपचारिक रुपमा सुरुवात भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लिराज अर्यालले एक संक्षिप्त्त कार्यक्रमका बिच कार्यालयको समुद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै डा. अर्यालले पाल्पामा शाखा खुले सँगै मोटर बीमा लगायत अन्य बीमा सम्बन्धी कार्यका लागि थप सहज भएको व्यवसायिक सम्बन्ध विस्तारमा कम्पनी प्रतिबद्ध भएको बतानुभयो ।
कार्यक्रममा प्रमुख अतिथी उमेशचन्द्र उपाध्यायले उपशाखा सञ्चाल सँगै पाल्पा गुल्मी स्याङ्जा लगायतका क्षेत्रमा गुणस्तरीय र भरपर्दो बीमा सुविधा विस्तारमा सहज हुने विस्वास जनाउनुभयो ।
कार्यालयको प्राङ्गण तानसेनको बर्तुङ्गमा भएको कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गाना, जिफन्ट पाल्पाका चन्द्रकान्त न्यौपाने, श्रीनगर यातायात सेवा कम्पनीका महासचिब जगत बराल, यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख बिष्णु खनाल लगाएतका बक्ताहरुले गुणस्तरीय सेवा प्रदान गर्न र बिमाको झन्झटिलो ब्यवस्थालाई सरल बनाउनेतर्फ जोड दिएका थिए ।
पाल्पा उपशाखा प्रमुख सबिन पौडेलले २०७७ मङ्सिर देखि कारोबार सुरुवात भएको र यो अबधिमा २ हजार ३ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएको जानकारी दिनुभयो । निर्जिवन बीमा क्षेत्रक्क एकमात्र सरकारी बीमा कम्पनी हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago