राष्ट्रिय बीमा कम्पनीको उपशाखा तानसेनमा उद्घाटन

पाल्पा । राष्ट्रको बीमक – राष्ट्रिय बीमा नारा भएको
राष्ट्रिय बीमा कम्पनीको उपशाखा कार्यालय पाल्पा औपचारिक रुपमा सुरुवात भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लिराज अर्यालले एक संक्षिप्त्त कार्यक्रमका बिच कार्यालयको समुद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै डा. अर्यालले पाल्पामा शाखा खुले सँगै मोटर बीमा लगायत अन्य बीमा सम्बन्धी कार्यका लागि थप सहज भएको व्यवसायिक सम्बन्ध विस्तारमा कम्पनी प्रतिबद्ध भएको बतानुभयो ।
कार्यक्रममा प्रमुख अतिथी उमेशचन्द्र उपाध्यायले उपशाखा सञ्चाल सँगै पाल्पा गुल्मी स्याङ्जा लगायतका क्षेत्रमा गुणस्तरीय र भरपर्दो बीमा सुविधा विस्तारमा सहज हुने विस्वास जनाउनुभयो ।
कार्यालयको प्राङ्गण तानसेनको बर्तुङ्गमा भएको कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गाना, जिफन्ट पाल्पाका चन्द्रकान्त न्यौपाने, श्रीनगर यातायात सेवा कम्पनीका महासचिब जगत बराल, यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख बिष्णु खनाल लगाएतका बक्ताहरुले गुणस्तरीय सेवा प्रदान गर्न र बिमाको झन्झटिलो ब्यवस्थालाई सरल बनाउनेतर्फ जोड दिएका थिए ।
पाल्पा उपशाखा प्रमुख सबिन पौडेलले २०७७ मङ्सिर देखि कारोबार सुरुवात भएको र यो अबधिमा २ हजार ३ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएको जानकारी दिनुभयो । निर्जिवन बीमा क्षेत्रक्क एकमात्र सरकारी बीमा कम्पनी हो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago