प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह

वीरगंज ,माघ १० शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड-माधव नेपालले देशलाई संकटतर्फ डोर्‍याएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा क्षेत्र नम्बर १ द्वारा सदरमुकाम गौरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन्।

फाइल फोटो

उनले नेकपाका केही नेताहरुले पार्टीभित्र आफ्नो फाइदा मात्र खोज्दा नेकपाको एकता भंग भएको चर्चा गर्दै भने, ‘केही नेताहरु कार्यकर्तासँग मतलब राख्दैनन्, शहीद परिवारसँग मतलब राख्दैनन्, उनीहरुलाई पद र पैसा मात्र चाहिन्छ।’ प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याएकोले नयाँ जनादेशको लागि सरकारले चुनावको विकल्प रोजेको उनले बताए। उनले नेकपाले विकास र स्थिरता खोजेकोमा केही नेताहरुले विध्वंश र अस्थिरता मच्चाएको पनि आरोप लगाए। नेकपाका अन्तरघातीहरुलाई तह लगाउँदै निर्वाचनमा नेकपाका सच्चा नेताहरुलाई पहिचान गरी मत हाल्न पनि कार्याकर्ताहरुसँग उनले अपिल गरेका थिए।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago