प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह

वीरगंज ,माघ १० शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड-माधव नेपालले देशलाई संकटतर्फ डोर्‍याएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा क्षेत्र नम्बर १ द्वारा सदरमुकाम गौरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन्।

फाइल फोटो

उनले नेकपाका केही नेताहरुले पार्टीभित्र आफ्नो फाइदा मात्र खोज्दा नेकपाको एकता भंग भएको चर्चा गर्दै भने, ‘केही नेताहरु कार्यकर्तासँग मतलब राख्दैनन्, शहीद परिवारसँग मतलब राख्दैनन्, उनीहरुलाई पद र पैसा मात्र चाहिन्छ।’ प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याएकोले नयाँ जनादेशको लागि सरकारले चुनावको विकल्प रोजेको उनले बताए। उनले नेकपाले विकास र स्थिरता खोजेकोमा केही नेताहरुले विध्वंश र अस्थिरता मच्चाएको पनि आरोप लगाए। नेकपाका अन्तरघातीहरुलाई तह लगाउँदै निर्वाचनमा नेकपाका सच्चा नेताहरुलाई पहिचान गरी मत हाल्न पनि कार्याकर्ताहरुसँग उनले अपिल गरेका थिए।

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago